राइजिङ स्टार खुला टेनिस प्रतियोगिता

मनोज र विदुर च्याम्पियन

राइजिङ स्टार खुला टेनिसमा प्रतिस्पर्धा गर्दै राजवीर प्रधान

काठमाडौं । मनोज राणा र विदुर विष्टको जोडीले राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष डबल्समा च्याम्पियन बनेका छन् ।

राइजिङ स्टार टेनिस एकेडेमीद्धारा आयोजित प्रतियोगिताको फाइनलमा सोमबार मनोज र विदुरको जोडीले अशोक कुमार र रामबहादुर तामाङको जोडीलाई ६-२ र ६-१ को सोझो सेटमा पराजित गरे ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको पुरुष सिंगल्समा निहालजंग बहादुर थापाले विशांक सुवेदीलाई ६-० र ६-०, प्रदीप खड्काले विक्की सागोल्सेनलाई ७-६ र ६-०, राजवीर प्रधानले शंकर हेस्नेनलाई ६-१ र ६-१, आरभसम्राट हाडाले सुशल मोक्तानलाई ६-० र ६-० ले हराउँदै दोस्रो चरणमा स्थान सुरक्षित गरे ।

यसैगरी आयुशमान हजुर घलेले नवीन श्रेष्ठलाई ६-२ र ६-३, साहिल थापाले विपुल अधिकारीलाई ६-० र ६-०, निशान श्रेष्ठले अर्याश शर्मालाई ६-० र ६-०, अभिनव आचार्यले निजेज महर्जनलाई ७-६ र ६-२, सक्षमविक्रम शाहले उगेन शेर्पालाई ६-२ र ६-१, अभिषेक बाँस्तोलाले ओजेज महर्जनलाई ६-० र ६-० तथा अकी जुवेन रावतले देबाशिश रेउलेलाई ६-१ र ६-० ले हराउदै दोश्रो चरणमा प्रवेश गरे ।

यू-१०गर्ल्स सिंगल्समा सरा पन्तले प्रज्ञा वज्राचार्यलाई ६-० र ६-१, अनुश्री धोजुले थिअ श्रेष्ठलाई ६-० र ६-०, सर्वाना गुरुङले आयाना भद्रलाई ६-० र ६-० तथा जेनिशा ज्ञवालीले आयुश्री हजुर घलेलाई ६-० र ६-० को सोझो सेटमा  सेमिफाइनलमा स्थान बनाए ।

यू-१२ गर्ल्स सिंगल्समा सपना मल्लले सर्वाना गुरुङलाई ७-५ र ६-३ तथा आयुश्री हजुर घलेले यजु श्रेष्ठलाई ६-० र ६-१ ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगे ।

यू-१२ ब्वाइज सिंगल्समा दर्शित अग्रवाल, सानोवाज हुसैन, सन्दिप जिसी, विश्वविशेष दल्लाकोटी, हभिस बन्सल, सुजन कुइकेल र साम्खाहाङ राई क्वार्टरफाइनलमा स्थान बनाउन सफल भए ।

यू-१४ गर्ल्स सिंगल्समा समृद्धि महर्जन दिब्यता भण्डारीलाई ६-० र ६-० को सोझो सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा पुग्न सफल भइन् । सो स्पर्धाको ब्वाइजमा असभसम्राट हाडा, श्रृजन भट्टराई, दर्शिल श्रेष्ठ र काइ प्रजापति क्र्वाटरफाइनलमा स्थान बनाए ।

यू-१६ गर्ल्स  सिंगल्समा शिभाली गुरुङ तथा दिब्यता भण्डारी क्वार्टरफाइनलमा पुगे । उक्त स्पर्धाको ब्वाइजमा राजवीर प्रधान, निशाद जोशी, बोरिस अधिकारी, आयुशमान हजुर घले र दर्शिल श्रेष्ठले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा मनोज सेवा र अन्वर अली, कमल भण्डारी र यज्ञ भण्डारी, अनिल साइ र गोपी भट्टराई तथा जितेन्द्र परियार र महेश श्रेष्ठको जोडीले सेमिफाइनल प्रवेश गरे ।