वडा अध्यक्ष कप भेट्रान फुटबल

भेट्रान कप फुटबल प्रतियोगिताको तयारी पूरा

काठमाडौं । काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा हुने दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता चन्द्रविनायक पार्क,चावहिल मैदानमा मंगलबारदेखि सुरु हुँदैछ ।

चावहिल स्पोटस क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितामा मोफसलका ६ सहित २१ पुरुष टोलीको सहभागिता रहने चावहिल स्पोर्ट्स क्लबका अध्यक्ष अजब श्रेष्ठले जनाएका छन् । ४० वर्षमाथि उमेरसमूहको प्रतियोगिता सिक्स ‘ए’साइड स्वरुपमा हुनेछ ।

प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ पाउने छन् । चार विधागततर्फ उत्कृष्ट  गोलरक्षक, रक्षक, फरवार्ड र ‘म्यान अफ द सिरिज’ लाई जनही पाँच हजार रुपैयाँ प्रदान गरिने छ ।

ढोलाहिटी एफसी साबिक विजेता हो । प्रतियोगिताको फाइनल असार ४ गते हुनेछ ।