टेनिस

एसियाली खेलकुदका लागि चार टेनिस खेलाडी छनोट

एसियाली खेलकुदको टेनिस छनोटमा प्रतिस्पर्धा गर्दै अभिषेक बाँस्तोला

काठमाडौं । चीनको होङझावमा हुने १९औं एसियाली खेलकुदका लागि टेनिसको अन्तिम छनोट आइतबार सम्पन्न भएको छ ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा नेपाल टेनिस संघले आयोजना गरेको प्रतियोगिताबाट पुरुष/महिलामा समान  दुई गरी चार खेलाडी छनोट भएका हुन् ।

पुरुषतर्फ अभिषेक बाँस्तोला र प्रदीप खड्का तथा महिलातर्फ अभिलाषा विष्ट र माहिका राणाले शीर्ष दुईमा रहँदै एसियाली खेलकुदका लागि स्थान सुरक्षित गरे ।

पाँच दिने छनोटको पुरुषतर्फ नौ तथा महिलतार्फ सात जनाले प्रतिस्र्धा गरेका थिए ।