तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिता

एलएनए क्वार्टरफाइनलमा

तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबलमा सिनियर गर्ल्सतर्फ प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौं । लालीगुराँस नेसनल एकेडेमी (एलएनए) प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

 मनमैजुस्थित घरेलु कोर्टमा आइतबार एलएनएले प्रारम्भ वर्ल्ड २७-२० ले पराजित गरेका होे । एलएनएका साहिल पुनले १२ स्कोर गरे ।

 एन्जल्स हार्टले नर्थ भ्यालीलाई २०-१४ ले हराउदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्यो । एन्जल्स हार्टका रुपेश पौडेलले सात अंक जोडे ।

क्वार्टरफाइनलमा एलएनएको भेट सिर्जना ज्ञान सागरसंग हुनेछ भने एन्जल्स हार्टले जीवन ज्योतिको सामना गर्ने छ । बाँकी क्वार्टरफाइनल सिद्धार्थ मोडल र सेक्रेट हार्ट तथा हिमरश्मी र काठमाडौं लिङ्कनबीच हुनेछ ।

तार्केश्वर नगर प्याब्सनद्धारा आयोजित प्रतियोगिताको सिनियर गर्ल्समा एलएनए, नर्थ भ्याली, न्यु एरा र पद्यमचक्रले  स्थान क्वार्टरफाइनलमा पक्का गरे ।