एनबिएल

कान्तिपुरले प्राप्त गर्यो एनबिएलको प्रशारण अधिकार

काठमाडौं । बास्केटबलको फ्रेन्चाईज प्रतियोगिता नेसनल बास्केटबल लिग नेपाल (एनबिएल) को प्रशारण अधिकार कान्तिपुर टेलिभिजनले पाएको छ ।

नेपाल बास्केटबल संघले आइतबार एक विज्ञप्ति निकाल्दै प्रतियोगिताको प्रशारण अधिकार कान्तिपुरलाई दिइएको जनाएको हो ।

बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङको उपस्थितिमा कान्तिपुर टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत शिशिर पछाइ र प्रतियोगिताको मार्केटिङ अधिकार पाएको डिजिपलाइका प्रमुख कार्यकारी अधिकृत उकेश लोहनीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतासँगै कान्तिपुरले एनबिएल नेपाल २०२३ को लागि विशेष प्रसारण र मार्केटिङ अधिकार सुरक्षित गरेको छ ।  

प्रतियोगितामा आठ टोलीको सहभागिता रहने बताइए पनि मिति भने तय भएको छैन ।