जुडो

पुनमलाई कांस्य

काठमाडौं । साग स्वर्णधारी पुनम श्रेष्ठले बिस्केक एसियाली सिनियर खुला जुडो च्याम्पियनसिपमा आइतबार कांस्य जितेकी छन् ।

किर्गिस्तानको बिस्केकमा भएको महिला ७० केजीमुनिको प्रतिस्पर्धामा पुनमले रिपाचेमा किर्गिस्तानकी गुल्नुरलाई पराजित गरी कांस्य जितेको नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाए ।

प्रतियोगिताको पुरुष ६६ केजीमुनिमा सहभागी इन्द्रबहादुर श्रेष्ठ दोश्रो चरणमा किर्गिस्तानका खोलडीसँग पराजित भए । पहिलो चरणमा इन्द्रले किर्गिस्तानकै खेलाडीलाई हराएका थिए ।