फ्रेन्च ओपन

स्वायटेक च्याम्पियन

काठमाडौं । विश्व नम्बर एक इगा स्वायटेले फ्रेन्च ओपन टेनिस प्रतियोगिताको महिला एकलतर्फको उपाधि रक्षा गरेकी छन् ।

पोलिस स्टार स्वायटेकले फाइनलमा चेक रिपब्लिककी क्यारोलिना मोचुभालाई २-१ को सेटमा हराइन् ।  

स्वयाटेकले खेल ६-२, ५-७ र ६-४ ले आफ्नो पक्षमा पारेकी हुन् ।

स्वायटेक लगातार दोस्रो तथा सम्रगमा तेस्रो पटक फ्रेन्च ओपन च्याम्पियन बनेकी छन् । यसअघि स्वायटेकले सन् २०२० र २०२२ मा उपाधि जितेकी थिइन् ।

सेमिफाइनलमा स्वायटेकले ब्राजिलकी बिट्रिज हद्दाद माइयालाई ६-२ र ७-६ (९-७) तथा मोचुभाले विश्व नम्बर दुई बेलारुसकी आर्यना साबालेन्कालाई  ७-६(७-५),६-७ (५-७) र ७-५ ले पराजित गरेका थिए ।