नेपाल बेसबल तथा सफ्ट बल संघ

प्रहरी स्कुल च्याम्पियन

काठमाडौं । काभ्रेपलान्चोकको नेपाल प्रहरी स्कुल तेश्रो राष्ट्रिय जुनियर बेसबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

बुढानीलकण्ठ आवसिय माविमा शनिबार भएको फाइनलमा प्रहरीले भक्तपुरको साइनिङ स्टार स्कुललाई १५-७ ले पराजित गरेको हो  ।

प्रतियोगितामा प्रहरी स्कुल र साइनि स्टारसहित काठमाडौंको बुढानीलकण्ठ आवसिय मावि तथा ललितपुरको श्री कुलले राउन्ड रोविन लिग पद्धतिमा प्रतिस्पर्धा गरेका थिए । लिगका शीर्ष दुई टोलीले उपाधिका भिडेका थिए ।

नेपाल बेसबल तथा सफ्ट बल संघद्धारा आयोजित प्रतियोगितामा प्रहरीका सुजन थापा उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका उप महासचिव एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्य अन्जन धमला, आयोजक संघका अध्यक्ष दीपक न्यौपाने लगायतले पुरस्कृत गरे ।