तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिता

काठमाडौं भ्यालीको रोमाञ्चक जित

फाइल तस्बिर

काठमाठाडौं । प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा काठमाडौं भ्यालीले  जित निकालेको  छ ।

तार्केश्वर नगर प्याब्सनद्धारा आयोजित प्रतियोगितामा शनिबार काठमाडौं भ्यालीले नर्थ भ्यालीमाथि २३-२२ को रोमाञ्चक जित निकालेको हो । काठमाडौं भ्यालीका जस्वाल लम्पीले ६ स्कोर गरे ।

जुनियर ब्वाइजमै सिद्धार्थ मोडलले सिर्जना ज्ञान सागरलाई १८-१५ तथा जीवन ज्योतिले स्प्रिङ भ्यालीलाई २४-२२ ले हराए । सिद्धार्थ मोडलका सविर मगर तथा जीवन ज्योतिका आयुश तामाङले समान अंक आठ  जोडे ।

मनमैजुस्थित लालीगुराँस नेसनल एकेडेमी (एलएनए) को कोर्टमा भइरहेको प्रतियोगिताको सिनियर गर्ल्समा न्यू एराले नर्थ भ्यालीलाई २२-१८, काठमाडौं लिङ्कनले काठमाडौं शिक्षालयलाई १८-१० र पद्यमचक्रले सिर्जना ज्ञान सागरलाई २४-१२ ले हराए । 

 न्यू एराकी नर्गिमा तामाङले १०, काठमाडौं लिङ्कनकी लिरोन श्रेष्ठले आठ र पद्यमचक्रकी श्रद्धा फुयालले १० स्कोर गरे ।