फ्रेन्च ओपन

जोकोभिच र अल्कारेज सेमिफाइनलमा भिड्ने

काठमाडौ  । उपाधि दावेदार सर्बियन स्टार नोभाक जोकोभिच र विश्व नम्बर एक कार्लोस अल्कारेज फ्रेन्च ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ सेमिफाइनलमा भिड्ने भएका छन् ।

क्वार्टरफाइनलमा जोकोभिचले रुसका करेन खाचानोभको तथा अल्कारेजले ग्रिसका स्टेफानोस सिसिपासलाई पराजित गरेका हुन् ।

विश्व नम्बर तीन जोकोभिचले खेल ४-६,७–६(७-०), ६-२,६-४ ले आफ्नो पक्षमा पारे ।

अल्कारेजले ६-२, ६-१ र ७-६(७-५) को जित निकाले ।