जर्मन बुन्डेसलिगा

बायर्न छोड्ने मानेको संकेत

बर्लिन । साडियो माने जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखमा अनुबन्ध भएको एक सिजनमै क्लब छोड्ने सम्भावना बढेको छ ।

माने गत सिजन इङलिस प्रिमियर लिगको क्लब लिभरपुलबाट ३५ मिलियन पाउन्डमा बायर्न भित्रिएका थिए । उनले बायर्नबाट सात गोल गर्नुका साथै पाँच गोलका लागि असिस्ट गरेका थिए । 

बायर्नले लगातार ११औं पटक बुन्डेसलिगाको उपाधि जितेको थियो । प्रशिक्षक थोमस टुचेल टोली पुननिर्माणको योजनामा रहेका छन र उनको रणनितीमा माने बाहिर रहेको बताइएको छ । माने पुनः प्रिमियर लिगको क्लबमै फर्कने सम्भावना रहेको छ ।

मानेको अनुबन्धमा न्युक्यासल युनाइटेड इच्छुक देखिएको छ । न्युक्यासलले प्रिमियर लिगको शीर्ष चारमा परेसँगै आगामी सिजनको च्याम्पियन्स लिगको टिकट पक्का गरेको थियो ।