तेक्वान्दाे

तेक्वान्दो प्रतियोगितामा मुविक्क्षा र रोजनलाई दोहोरो पदक

काठमाडौं । भारतको आसाममा सम्पन्न ओपन इन्डिया कुकिवोन डिस्प्याच इन्टरनेसनल च्याम्पियनसिपमा जैसिदेवल तेक्वान्दो डोजाङका  मुविक्क्षा गजुरेलले सवजुनियरको ग्योरोगीतर्फ स्वर्ण र पुम्सेतर्फ काँस्य तथा रोजन प्रजापतिले क्याडेटमा ग्योरोगीतर्फ रजत र पुम्सेतर्फ काँस्य पदक जितेका छन् ।

आसाम तेक्वान्दो संघ तथा तितावोर डोजाङ तेक्वान्दो एकेडमीको आयोजनामा भएको प्रतियोगिता जुलाई १ देखि ३ सम्म प्रतियोगिता चलेको थियो ।

जैशिदेवल तेक्वान्दो डोजाङका ११ खेलाडी- प्रशिक्षक अन्जित राई, टिम व्यवस्थापक रमेश प्रजापति, अफिसयल भरत कारञ्जितको नेतृत्वमा नेपालको प्रतिनिधित्व गर्दै ग्योरोगी तर्फ मुविक्क्षा गजुरेल, आस्ना राना मगर र झरना थापा मगरले स्वर्ण पदक, रोजन प्रजापति, सोनी बानियाँ, राजीव गुरुङ र समर्थध्वज जोशीले रजत पदक, सन्देश राई, राहुल लिम्बु र समर लामाले काँस्य पदक साथै पुम्से तर्फ सुरेश हाङ लिम्बु, रोजन प्रजापति र मुविक्क्षा गजुरेलले काँस्य गरि नेपालका लागि १३ पदक जितेका छन् ।