नेपाली राष्ट्रिय महिला फुटबल टिम

कप्तान रेनुका घाइते

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटी प्रशिक्षणको क्रममा घाइते भएकी छिन् ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मैदानमा सोमबार प्रशिक्षणको क्रममा लडेपछि रेनुकाको घाँटीमुनिको बायाँ हड्डी भाँचिएको मुख्य प्रशिक्षक बालगोपाल महर्जनले खेलाडीलाई बताए ।

‘प्रशिक्षण गर्नेक्रममा मैदानमा लड्दा उनको घाटीमुनिको बायाँ हड्डी ठोकिएको थियो,’ प्रशिक्षक महर्जनले भने, ‘उनलाई अस्पतालमा ल्याएका छौ । डाक्टरले शल्यक्रियया गर्नुपर्छ भन्नुभएको छ । कहिलेदेखि खेल्न सक्छ यो विषयमा केही भन्नु भएको छैन । भोलिको प्रशिक्षणमा थाहा हुन्छ ।’

एसियन कपको तयारीका लागि बन्द प्रशिक्षणमा रहेकी रेनुकालाई घाइते भएपछि ग्वार्काेस्थित बी एण्ड बी अस्पतालमा लगिएको थियो । उनको आजै शल्यक्रिया गर्ने तयारी चलिरहेको महर्जनले बताए ।