अमेरिकामा खेलाडीसँगै दुई पत्रकार सम्मानित

काठमाडौं । नेपाली फुटबलर नवयुग श्रेष्ठ र भरत खवाससँगै दुई जना खेलकुद पत्रकारलाई अमेरिकामा सम्मान गरिएको  छ । फुटबलर नवयुग श्रेष्ठ, भरत खवाससँगै खेलकुद पत्रकार रोशनबहादुर सिंह र फोटो पत्रकार कौशल अधिकारी सम्मानित भएका हुन् ।

अमेरिकाको बाल्टिमोरमा भएको एनएसी फुटबल प्रतियोगिताको फाइनल खेलपछि चारै जनालाई बाल्टिमोर काउन्टीअन्तर्गट डिस्ट्रिक्ट आठले सम्मान गरेको हो । चारै जनालाई डिस्ट्रिक्ट आठका डेलिगेट्स हेरी भण्डारीले सम्मान गरे ।

साथै सोहि क्षेत्रका जोसेप बोट्लेर र कार्ल ज्याक्सनले पनि सम्मानपत्रमा हस्ताक्षर गरेका थिए ।  चारै जनालाई नेपाली खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै सम्मानित गरेको हेरी भण्डारीले बताएका  थिए ।

यसअघि रोशन, कौशल, भरत र नवयुगलाई बाल्टिमोरको १० नम्वर डिस्ट्रिक्टका डेलिगेट जे जेलेसीले पनि सम्मान गरेका थिए । नवयुगले नेपालले कुवेतमा भएको एसियन कप छनोटमा टिमको कप्तानी गरेका थिए । एनएसी कप फुटबलका लागि भरत र नवयुग अमेरिकाको एल ए गुँरासबाट खेलेका थिए ।