ऋत बास्केटबल

ऋत बास्केटबलमा ९६ टिमले प्रतिस्पर्धा गर्ने

काठमाडौं । 'ऋत एसइई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता' मंगलबारदेखि हुने भएको  छ ।

प्रतियोगितामा ब्वाइजमा ८० र गल्र्समा १६ गरी ९६ टिमको सहभागिता रहने आयोजक ऋत एकेडेमीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सिद्धार्थ लामाले जानकारी दिएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश: ७ हजार, ५ हजार र ३ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस बाहेक ब्वाइज/गर्ल्स दुवैमा शीर्ष तीन स्थान हात पर्ने प्रत्येक टोलीका खेलाडीलाई छात्रवृत्ति पनि प्रदान गरिने सिइओ लामाले बताएका छन् ।

ऋतमा प्लस-२ अध्ययन गर्न इच्छुकलाई ३० प्रतिशत छात्रवृत्ति प्रदान गरिने उनले बताए । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई पनि सोही बराबरको छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ ।

नकआउट आधारमा हुने दुईदिने प्रतियोगिताका खेल बसुन्धारास्थित आयोजक ऋतको आफ्नै बास्केटबल कोर्टमा हुनेछन् ।