छुनछुन कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो

कमललाई रजत

सियोल । नेपालका कमल श्रेष्ठले छुनछुन कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेका छन् । दक्षिण कोरियाको सिओलमा भएको प्रतियोगिताको ४० वर्षमुनि पुरुष एकल पुम्सेमा १३औं दक्षिण एसियाली खेलकुद  (साग) का स्वर्णधारी कमलले रजत जितेका हुन् ।

प्रतियोगितामा सहभागी अन्य नेपाली खेलाडी वीरबहादुर महरा, पार्वती गुरुङ, कृष्णबहादुर तामाङ र प्रेमबहादुर लिम्बू पदकविहीन रहे ।

प्रतियोगितामा नेपाली अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गरेका   थिए । उनले क्योरोगीमा ७ र पुम्सेमा १२ गरी १९ ‘बाउट’ खेलाए ।