नेपाली फुटबल

भरत र नवयुग सम्मानित

काठमाडौं । नेपाली फुटबलरद्वय नवयुग श्रेष्ठ र भरत खवास अमेरिकाको बाल्टिमोरमा सम्मान गरिएको छ । मेरिल्याण्डको स्टेट १० का डेलिगेट डाक्टर जे जेलेसीले सम्मान गरेका हुन् ।

अमेरिकाको बाल्टिमोरमा हुन लागेको एनएसी फुटबल प्रतियोगितामा सहभागि हुन भरत र नवयुग बिहीबार अमेरिका पुगेका हुन् । प्रतियोगिताको आयोजक मेरिल्याण्ड एथ्लेटिक क्लबले आयोजना गरेको कार्यक्रममा दुबैलाई नेपाली फुटबलमा पुर्याएको योगदानका लागि सम्मान गरेको हो ।