तेक्वान्दाे

उज्वलले पूरा गरे तेक्वान्दो प्रशिक्षक कोर्स

काठमाठौं, माघ १२– नेपाली तेक्वान्दो टोलीका पूर्वसदस्य उज्वल गुरागाईंले डब्लुटी प्रशिक्षक कोर्स (लेभल वान) पूरा गरेका छन् ।

उज्वलले विश्व तेक्वान्दो (डब्लुटी) ले आयोजना गरेको लेभल वान तेक्वान्दो प्रशिक्षक कोर्स पूरा गरेका हुन् । यसअघि राष्ट्रिय टोलीमा रहेका उज्वलले नेपालमा स्तरीय खेलाडी उत्पादन सघाउँ पुर्‍याउने उद्देश्यले प्रशिक्षण कोर्स गरेका बताए ।

तेक्वान्दो प्रशिक्षण लाग्ने उद्देश्यले आफूले प्रशिक्षक कोर्स गरेको उनको भनाइ छ । उनी विभागीय टोली त्रिभुवन आर्मी क्लबका पूर्वखेलाडीसमेत हुन् ।

तेस्रो डान प्राप्त खेलाडी उज्वलले केही अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि पदक जितेका छन् । उनले गोल्ड कोस्ट ओपन र ब्रिसबेनमा ओपनमा स्वर्ण पदक र थाइल्यान्ड ओपनमा कांस्य पदक जितेका थिए । हामबदाङ च्याम्पियनसिपका रजत विजेता उज्वलले कोरियन एम्बेसडर जुनियर च्याम्पियन स्वर्ण पदक जितेका थिए ।