आइओएफटिसी

आइओएफटिसीको संयोजकमा गोर्खाली

काठमाडौं । दक्षिण कोरियाको सोलमा हुने इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी) को संयोजकमा तेक्वान्दो मास्टर अमुल गोर्खाली नियुक्त भएका छन् ।

अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटिसीले प्रत्येक दुई वर्षमा गर्ने प्रतियोगिताको १४औं संस्करण हुन लागेको हो । कोरियन मार्सल आर्टस तेक्वान्दोको आयोजनामा सोलमा हुने सो प्रतियोगिता सन् २०२४ को अगस्ट महिनामा हुँदैछ ।

आइओएफटिसीका संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जनले बुधबार गोर्खाली आइओएफटिसीको बोर्ड सदस्यमा नियुक्त भएको र त्यसपछि उनलाई प्रतियोगिता संयोजकको जिम्मेवारी दिइएको जानकारी दिए ।

आइओएफटिसीका महासचिव केरेन ब्लाकलेजले गोर्खालीलाई बोर्ड सदस्य र प्रतियोगिता संयोजकको नियुक्ती पत्र प्रदान गरिन् ।

गोरर्खाली एभरेस्ट तेक्वान्दो मिचिगनका निर्देशक पनि हुन् ।

आइओएफटिसीले एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर गर्दै आएको छ । जसअनुसार आइओएफटिसीको आफ्नो प्रमुख कार्यालय रहेको पोर्टल्यान्डमा पाँच, नेपालमा चार, भारत, बेलायत र हङकङ र अमेरिकाकै मिचिगनमा एक–एक संस्करणको आयोजना भइसकेको छ ।