शबनिम इस्माइल

महिला क्रिकेटमा शबनिमको विश्व कीर्तिमान

काठमाडौं । दक्षिण अफ्रिकी खेलाडी शबनिम इस्माइलले विश्व कीर्तिमान कायम गरेकी छन् । उनी महिला क्रिकेटमा सबैभन्दा तीव्र गतिको बलिङ गर्ने खेलाडी बनेकी हुन् ।

भारतमा जारी महिला प्रिमियर लिगमा मंगलबार राति खेलिएको खेलमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबिचको खेलमा शबनिमले उक्त कीर्तिमान बनाएकी हुन् । शबनिमले तेस्रो ओभरको दोस्रो बलमा दिल्लीकी कप्तान मेग लेनिङविरुद्ध १३२.१ किलोमिटर प्रति घण्टाको गतिमा बल फालेकी थिइन् ।

विश्व महिला क्रिकेटको इतिहासमा कुनै पनि बलरले १३० किलोमिटर प्रतिघण्टाभन्दा तेज गतिमा बलिङ गरेको यो पहिलो पटक हो ।

यसअघि पनि उक्त कीर्तिमान शबनिमकै नाममा रहेको थियो । उनले सन् २०१६ मा वेस्ट इन्डिजविरुद्धको खेलमा १२८ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गरेकी थिइन् ।