अशोक खड्का

तेक्वान्दो निर्णायक अशोक स्पेन जाने

काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का स्पेन ओपन तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्न बुधबार स्पेनको एलिकान्टे जाने भएका छन् ।

विश्व ओलम्पिक तेक्वान्दो महासंघको आयोजनामा  प्रतियोगिता फेब्रुअरी २ देखि ४ सम्म हुनेछ । अशोकले ग्योरोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।

अशोकलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला र सदस्य अञ्जन धमलाले सोमबार बिदाइ गरे ।