कुङ फु

अमेरिकामा सिद्धार्थ र संजीतलाई स्वर्ण

काठमाडौं । ब्याटल अफ द ड्रागन्स च्याम्पियनसिपमा उमा कुङ फुका सिद्धार्थ लामा तामाङ र संजीतकुमार राईले स्वर्ण जितेका छन् ।

अमेरिकाको न्यु जर्सीमा भएको प्रतियोगितामा सिद्धार्थले कुङ फु ताइचीमा ९.१ अंक जोड्दै स्वर्ण जितेका हुन् । उनले कुङ फु वेपनमा भने रजत हात पारे । उक्त स्पर्धामा सिद्धार्थले ८.७ अंक जोडे । 

यसैगरी संजीतले कुङ फु क्रिएटिभ फर्ममा ८.९ अंक जोड्दै स्वर्ण हात पारे ।