चैत्र १४, २०८२ शनिबार | १६:२९:१७
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

जुनियर वर्ल्ड र्याङकिङ टेनिसः पहिलो दिन नेपालको कमजोर प्रदर्शन

काठमाडौं ।  नेपाल टेनिस संघको आयोजनामा जे ६० काठमाडौं जुनियर वर्ल्ड र्याङकिङ टेनिस प्रतियोगिताको सर्किट-१ सोमबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन टेनिस संघकी अध्यक्ष ज्योति राणाले प्रतियोगिता निर्देशक अजय विष्ट र आईटीएफ सुपरभाइजर प्रवीणकुमार नायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरीगरिन् ।

प्रतियोगितामा नेपालसहित १३ राष्ट्रका समान ३२ ब्वाइज/गर्ल्स गरी ६४ खेलाडीको सहभागिता छ ।  
नेपालबाट चार ब्वाइज र पाँच गर्ल्स गरी नौ खेलाडी सहभागी छन् । यु-१६ उमेरसमूहको प्रतियोगितामा सिंगल्स/ डबल्स गरी चार स्पर्धा समावेश छ ।

पहिलो दिन नेपालका आठ खेलाडीले सिंगल्स स्पर्धामा प्रतिस्पर्धा गर्दा सबै पराजित भए ।

ब्वाइज सिंगल्समा भारतका पन्सुल उबोभेजाले प्रणव मानन्धरलाई ६-२, ६-७ (३-७), ६-४, ताइपेइका येन छुन वाङले राजवीर प्रधानलाई ६-०, ६-३, भारतका रियान शर्माले सक्षमविक्रम शाहलाई ६-२, ६-२ तथा भारतकै सम्प्रित शर्माले नेपाल आयुशमान हजुर घलेलाई ६-१, ६-१ को सेटमा पराजित गरे ।

गर्ल्स सिंगल्समा दक्षिण कोरियाकी सुहा लिले आइशा डोल्कर गुरुङलाई ६-०, ६-१, जापानकी कोकोमी साइतोले सुनिरा थापालाई ६-१, ६-४, भारतकी भमिका शर्माले स्वस्तिका विष्टलाई ६-४, ६-२ तथा इभा ख्रुस्तालेभाले नेपालकी प्राज्ना मानन्धरलाई ६-२, ६-२ को सोझो सेटमा हराए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो