नेकोस खुला तेक्वान्दो प्रतियोगिता

नेकोस खुला तेक्वान्दोः प्रगतिलाई स्वर्ण

काठमाडौं । मुलपानी तेक्वान्दो डोजाङकी प्रगति कुइकेलले पाँचौं नेकोस खुला तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्ण जितेकी छन् ।

काटेश्वर तेक्वान्दो डोजाङमा शनिबार भएको फाइनलमा प्रगतिले महिला ३८ केजीमा चन्द्रागिरीकी शेली गुरुङलाई पराजित गरिन् । कोटेश्वरकी अन्सु योञ्जन तथा सुसंस्कारकी म्यारिका शाह तेश्रो भए ।

नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गत राष्ट्रिय तेक्वान्दो संघ, नेपालद्धारा आयोजित प्रतियोगिताको महिला २१ केजीमा सुन्दरीमाइकी पुनम घिमिरे, २८ केजीमा नवजीवनकी रोशनी आचार्य, ४६ केजीमा चन्द्रागिरीकी खुस्बु लिम्बू, ५२ केजीमा कोटेश्वरकी रिमा खत्री, २४ केजीमा हेटौंडाकी माधवी घलान, ३३ केजीमा कोटेश्वरकी सुरक्षा केसी, ४३ केजीमा सुशंस्कारकी सुमिना वाइबा र ४९ केजीमा कोटेश्वरकी इसिका रानाले स्वर्ण जित ।

पुरुष २२ केजीमा रिब्सका रिदम तामाङ, २५ केजीमा सुनसरीका प्रज्ज्वल तामाङ, ३१ केजीमा चन्द्रागिरीका समिर ठाकुर, २८ केजीमा सुन्दरीमाइका विशाल तामाङ र ३४ केजीमा मुलपानीका भिजन तामाङले स्वर्ण जिते ।

मदन भण्डारीको ७२औं जन्मजयन्तीको अवसरमा आयोजित प्रतियोगिताको नेकपा एमालेका स्थाई कमिटी सदस्य तथा पूर्व उद्योग मन्त्री नेपाल खेलकुद महासंघका इन्र्चाज कर्णबहादुर थापाले तेक्वान्दो खेल सामाग्री जुरी गणेश जिम्मा लामा लाई हस्तान्तरण गरी उद्घाटन गरे ।

कार्यक्रमको सभापतित्व राष्ट्रिय तेक्वान्दो संघ, नेपालका अध्यक्ष एंव अन्र्राष्ट्रिय निर्णायक हिराबहादुर थापाले गरेका थिए ।

दुई दिनसम्म संञ्चालन हुने प्रतियोगितामा गेरोगीतर्फ २० र पुम्सेतर्फ २ गरी कुल २२ स्वर्ण पदकका लागी ३१ वटा डोजाङका ३ सय स७५  खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।