युभेन्टस

वेह युभेन्टसमा अनुबन्ध

काठमाडौं । अमेरिकी फरवार्ड टिमोथी वेह इटालियन सिरी ‘ए’क्लब युभेन्टसमा अनुबन्ध भएका छन् ।

युभेन्टसले २३ वर्षीय वेहलाई फ्रेन्च क्लब लिलबाट अनुबन्ध गरेको हो । युभेन्टसले वेहको सम्झौता अवधी र रकम भने खुलाएको छैन ।

वेहले सन् २०२२ को फिफा विश्वकपमा प्रभावशाली प्रदर्शन गरेका थिए । सन् २०१९ मा पेरिस सेन्ट जर्मन (पिएसजी) बाट लिल भित्रिएका वेहले टोलीका लागि १ सय २ खेलमा ८ गोल गरे ।