चौथो मेयर कप रात्रीकालिन टेबल टेनिस प्रतियोगिता

भेट्रान्स ६० वर्ष माथीमा जगदिश्वरलाई स्वर्ण

ललितपुर । चौथो मेयर कप रात्रीकालिन टेबल टेनिस प्रतियोगिताको ६० वर्ष माथी उमेर समुहमा वडा नम्वर १९ का भेट्रान खेलाडी जगदिश्वर प्रसाद जोशीले स्वर्ण पदक जितेका छन्। 

शुक्रवार सम्पन्न फाइनलमा जगदिश्वरले वडा १६ का आनन्द धाख्वालाई ३–१ को सेटमा पराजित गरे। सो इभेन्ट्समा वडा नम्वर ११ का सानुभक्त श्रेष्ठ र वडा ११ कै शरदमान श्रेष्ठले काश्य पदक प्राप्त गरेका थिए। 

यो नतिजा पछि १३ वटा स्वर्ण पदक रहेको प्रतिस्पर्धामा वडा नम्वर १६ एक स्वर्ण,एक रजत र चार काश्य जित्दै टिम च्याम्पियन बन्ने बाटोमा अगाडि  छ। वडा १९,१२ र ३ ले एक,एक स्वर्ण जितेका छन्। 

ललितपुर जिल्ला टेबल टेनिस संघ, ललितपुर वडा नम्वर १२ र युवा क्लब हः खा द्धारा संयुक्त रुपमा आयोजित प्रतियोगिता अन्तर्गत आजै भएको मेन्स डबल्समा वडा नम्वर १२ का सुनिल महर्जन र आरिश महर्जनको जोडीले स्वर्ण पदक जितेका हुन् ।  

उनको जोडीले शुक्रबार सम्पन्न फाइनलमा एलेक्स महर्जन र डिकेन महर्जनको जोडीलाई ३–२ को प्रतिस्पर्धात्मक सेटले पराजित गरेका थिए। 


प्रत्येक वर्ष रातीको समयमा सञ्चालन हुने रात्रीकालिन टेबल टेनिस ललितपुर जिल्लाको परम्परागत खेलको रुपमा परिचित छ। 
 

१३ इभेन्ट्स समावेश प्रतियोगितामा पाँच सय भन्दा वढी खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिता शनिबार सम्पन्न हुनेछ।