नेपाल रग्बी संघ

रग्बी संघको अध्यक्षमा देवकोटा निर्विरोध

काठमाडौं । नेपाल रग्बी संघको अध्यक्षमा दिपक देवकोटा निर्विरोध चयन भएका छन् ।

शुक्रबार सम्पन्न संघको १० औं चुनावी साधरणसभाले देवकोटाको अध्क्षतामा १२ सदस्यीय कार्यसमिती निर्बिरोध चयन गरेको हो ।

यसअघि देवकोटा संघका कार्यवहाक अध्यक्ष थिए । तत्कालिन अध्यक्ष टंकालाल घिसिब राष्ट्रिय खेलकुद परिषद्(राखेप)को सदस्य सचिवमा नियुक्त भएसँगै तत्कालिन उपाध्यक्ष देवकोटाले कार्यवहाक अध्यक्षको जिम्मेवारी पाएका थिए ।

साधरणसभाले वरिष्ठ उपाध्यक्षमा चेतनराज गिरी,महासचिवमा गोविन्द घिमिरे,सचिवमा विजय मोक्तान लामा र कोपाध्यक्षमा जेबि दिपक अधिकारीलाई निर्बिरोध चयन गरेको छ । 

यसैगरी कामना गिरी,एलिसा थापा,रमेश प्रसाद भट्राई,रविन केसी,हरिशंकर महतो र इन्द्रबहादुर तामाब सदस्यमा चयन भए ।