नवौं राष्ट्रिय खेलकुद

टेबलटेनिस खेलाडी छनोट

काठमाडौं । गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेशबाट सहभागी हुने टेबल टेनिस खेलाडी छनोट भएका छन् । पुरुष/महिलामा समान ५-५ गरी १० खेलाडी छनोट भएको काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका प्राविधिक उपसमितिका संयोजक धर्ममान वज्राचार्यले जनाए ।

पुरुषमा सुनिल महर्जन, रितिज जोशी, एलेक्स महर्जन, चन्दन शाही र कशल न्याछो छनोट भए । काठमाडौंका चन्दन बाहेक सबै ललितपुरका हुन् ।

महिलामा अन्जु सुवाल, दिया देउला, क्यारिना सुवाल, अनामिका कस्ती र रोनिशा महर्जन छानिए । रोनिशा ललितपुर तथा बाँकी खेलाडी भक्तपुरका हुन् । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुँदैछ ।