राखेप

काठमाडौं पहिलो

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ५९औं वार्षिकोत्सवका अवसरमा आयोजित तानडोरी प्रतियोगितामा शुक्रबार काठमाडौं प्रथम भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभाग दोश्रो भयो ।

विजेतालाइ राखेपका सदस्यसचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच पुरस्कृत गरे । सोही अवसरमा आयोजित ब्याड्मिन्टन प्रतियोगिताका विजेतालाइ पनि पुरस्कृत गरिएको थियो ।

वार्षिकोत्सवकै अवसरमा शनिबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको हलमा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतित्थतामा विशेष कार्यक्रम हुँदैछ । कार्यक्रममा खेलाडीसहित १६ जनालाइ सम्मान गरिने छ ।

राखेप २०२१ साल भदौ १३ गते स्थापना भएको थियो । स्थापनाको दिन राखेपले त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालयका साथै ७ प्रदेश र ७७ जिल्लामा दीपावली गरेको थियो ।