राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस

कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस सुरु

काठमाडौं । अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिता शुक्रबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।

प्रतियोगिताको पूर्व राष्ट्रिय खेलाडी कल्याण पाण्डे र आयोजक संघका अध्यक्ष चतुरानन्दराज वैद्यले खेल खेली संयुक्त रुपमा उद्घाटन गरे ।

पुरुषमा ७५ र महिलामा ४० गरी एक सय १५ खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक एवं आयोजक संघका प्रथम उपाध्यक्ष धम्रमान वज्राचार्यले जनाए । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।