दक्षिण एसियाली जुनियर टेबल टेनिस च्याम्पियनसिप

नेपाली टेबल टेनिस टिम फाइनलमा

काठमाडौं । माल्दिभ्सको मालेमा जारी दक्षिण एशियाली जुनियर तथा क्याडेट टेबल टेनिसमा नेपाल फाइनल प्रवेश गरेको छ ।

नेपाली क्याडेट गर्ल्स टिमले श्रीलङकन क्याडेट गर्ल्स टिमलाई सेमिफाइनलमा ३ः१ को जित निकाल्दै फाइनल प्रवेश गरेको अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिए ।

यसअघि नेपालले पहिलो खेलमा बंगलादेशलाई ३ः० ले पराजित गरेको थियो ।

नेपाली टोलीले उपाधिका लागि फाइनलमा भारतको सामना गर्नेछ ।