टेबल टेनिस

राजेन्द्र र नदिम थाइल्यान्ड प्रस्थान

काठमाडौं । थाइल्यान्ड ओपन मास्टर्स टेबल टेनिस प्रतियोगितामा सहभागी हुन दुई खेलाडीसहित तीन  सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको चोन्बुरी प्रस्थान गरेको छ ।

फेब्रुअरी चार देखि १२ तारिखसम्म हुने प्रतियोगितामा राजेन्द्र वज्राचार्य र नदिम शाक्यले प्रतिस्पर्धा गर्ने छन् । दुवैले भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा खेल्ने छन् । व्यवस्थापकमा जुबन तण्डुकार छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै ललितपुर महानगरपालिका वडा ११ का अध्यक्ष अरोजकुमार खड्गीले सोमबार एक बिदाइ गरे ।