बास्केटबल

ज्ञान निकेतन बास्केटबल प्रतियोगिता फागुन पहिलो साता

सांकेतिक तस्बिर

काठमाडौं । ज्ञान निकेतन स्कुलको आयोजनामा २० औं ज्ञान निकेतन कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता फागुन चार गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा तीन समूहमा २४ टिमको सहभागिता रहने ज्ञान निकेतनका प्रबन्ध निर्देशक विजयजित कुँवरले जनाएका छन् । प्रतियोगितामा सिनियर ब्वाइज, सिनियर गर्ल्स र जुनियर ब्वाइजमा समान आठ  टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् ।

नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगिताका खेलहरु शंखमूलस्थित आयोजककै कोर्टमा हुनेछ । विद्यालयस्तरको पुरानो प्रतियोगिता मध्येको एक ज्ञान निकेतन बास्केटबलको  पछिल्ला दुई संस्करण कोरोना भाइरस (कोभिड-१९) का कारण हुन नसकेको आयोजकले जनाएको छ । फाइनल फागुन ९ गते हुनेछ ।