चैत्र ८, २०८२ आइतबार | १९:०८:१८
ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै

गोल्डेन एथलेटिक्स मिटमा तेज र निशा सर्वोत्कृष्ट

काठमाडौं । एथलेटिक्स परिवार नेपालको आयोजनामा भएको गोल्डेन एथलेटिक्स मिटमा पुलिसका तेजबहादुर कार्की र लुम्बिनी प्रदेशकी निशा चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।

सोमबार सम्पन्न प्रतियोगिताको पाँच हजार मिटर पुरुष दौडमा एपिएफका सञ्जीव नेपाली पहिलो भए । उनले निर्धारित दुरी १५ मिनेट ५३.०३ सेकेन्डमा पुरा गरे । पुलिसका सन्तोष नाथ योगी १५ मिनेट ५६.०६ सेकेन्डको समय निकाल्दै दोस्रो र पुलिसकै प्रकाश सिंह १६ मिनेट ०२ सेकेन्डको समयको साथ तेस्रो भए ।

महिला पाँच हजार मिटरमा धादिङकी सन्तोषी श्रेष्ठ पहिलो बनिन् । उनले निर्धारित दुरी १७ मिनेट ३७ सेकेन्डमा पार गरिन् । पुलिसकी राम माया बुढा १८ मिनेट ४४ सेकेन्डको समय निकाल्दै दोस्रो र पुलिसकै रेखा विष्ट १८ मिनेट ४५ सेकेन्डको समय निकाल्दै तेस्रो भए ।

पुरुष दुई समय मिटर दौडमा एपिएफका शिवराज पार्की २२.३७ सेकेन्डको समय निकाल्दै पहिलो भए । एपिएफकै निर प्रताप महतोले २२.८१ सेकेन्डको समयमा दोस्रो र काठमाडौंका अरुण महतो २३.०५ सेकेन्डको समय निकाल्दै तेस्रो बने ।

यही स्पर्धाको  महिलातर्फ  दाङकी निशा चौधरी २५.७१ सेकेन्डको समय निकाल्दै पहिलो बनिन् । एपिएफकी रमिताकुमारी थारुले २६.७२ सेकेन्डको समय निकाल्दै दोस्रो र पुलिसकी लक्ष्मी साउदले २८.४६ सेकेन्डको समय निकाल्दै तेस्रो भए ।

पुरुष आठ सय मिटर दौडमा पुलिसका तेजबहादुर कार्की एक मिनेट ५८.४ सेकेन्डको समय निकाल्दै पहिलो बने । पुलिसका नागेश्वर ऐर १ मिनेट ५८.९ सेकेन्डको समयमा दोस्रो र सुदूरपश्चिमका कुशल जैसी दुई मिनेट ०३.९ सेकेन्डको समय निकाल्दै तेस्रो भए ।

महिला आठ सय मिटरमा एपिएफकी फुलमती राना दुई मिनेट २३.५ सेकेन्डको समय निकाल्दै पहिलो, एपिएफकै आशा रावत दुई मिनेट २९.३ सेकेन्डको समय निकाल्दै दोस्रो र सिमा चौधरी दुई मिनेट ३२.४ सेकेन्डको समय निकाल्दै तेस्रो बने।

पुरुष ट्रिपल जम्पमा एपिएफका सलिम देवान १३.८ सेन्टिमिटरको दुरी पार गर्दै पहिलो हुँदा एपिएफकै चन्द्रदेव जोशी १३.४५ सेन्टिमिटरको दुरी तय गर्दै दोस्रो र रामकुमार लामिछाने १३.३५ सेन्टिमिटरको दुरी तय गर्दै तेस्रो बने ।

महिला स्पर्धामा पुलिसकी सिमा चौधरी १०.२९ मिटरको दुरी पार गर्दै पहिलो  एपिएफकी इनजीता राई ९.८६ सेकेन्डको दुरी पार गर्दै दोस्रो र पुलिसकी सुमित्रा कुमारी चौधरी ९.५४ मिटरको दुरी तय गर्दै तेस्रो भए ।

ज्याभलिन थ्रो पुरुषमा एपिएफका रमेश पोखरेल पहिलो भए । उनले ५२.५५ सेन्टिमिटरको दुरीमा थ्रो गरे । एपिएफकै मनोज डन्गुरा दोस्रो र पुलिसका पुस्कल खड्का तेस्रो बने ।

यो स्पर्धाको महिलातर्फ पुलिसकी चन्द्रकला लाम्घादे ४२.१३ सेन्टिमिटर थ्रो गर्दै पहिलो हुँदा एपिएफकी सिमा कुमारी थारु दोस्रो र बसन्ती चौधरी तेस्रो बने ।

पुरुष सटपुटमा पुलिसका पुस्कल खड्का ११.७४ मिटर फाल्दै पहिलो बने । पुलिसकै रुपेश भण्डारी दोस्रो र एपिएफका मिलन चौधरी तेस्रो भए। महिला स्पर्धामा पुलिसकी चन्द्रकला लाम्घादे ११. ९७ मिटरको दुरी तय गर्दै पहिलो बनिन् । पुलिसकै बसन्ती चौधरी दोस्रो र गोरखाकी मन्जु गुरुङ तेस्रो भए ।

चार गुणा चार सय मिटर मिक्स रिलेमा एपिएफको टिम च्याम्पियन बन्यो । लुम्बिनी प्रदेशको टिम दोस्रो र नेपाल पुलिस क्लबको टिम तेस्रो भयो ।

प्रतियोगितामा तीन विभागीय टोलीसहित  सात प्रदेशका तीन सय खेलाडीले सहभागीता जनाएका थिए । पदक विजेता खेलाडीलाई राखेप सदस्य सचिब टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ लगायतले पुरस्कृत गरेका थिए ।

नेपाल एथलेटिक्स संघ र राष्ट्रिय खेलकुद परिषद् राखेपको स्विकृतिमा सञ्चालित प्रतियोगितामा प्रदेश खेलकुद विकास परिषद् बागमती सहित विभिन्न ब्यवसायीक संघ संस्थाले सहकार्य गरेका थिए  ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो