पाँचौ सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता

सम्झना कप: गुजरातलाई स्वर्ण

काठमाडौं । भारतको गुजरात टेबलटेनिस एसोसिएसनले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा  स्वर्ण जितेको छ ।
 

सम्झना ल्याबोरेटोरी क्लिनिक प्रा.लि.को मुख्य प्रायोजन तथा ललितपुर जिल्ला टेबलटेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको बुधबार सम्पन्न फाइनलमा गुजरातले नेपाल प्रहरी क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

  
डबल्समा गुजरातका भतासिन र भ्रिसिनको जोडीले विनेश खनियाँ र विपुल महर्जनको जोडीलाई  ७-११, १२-१०, १३-११ र ११-९ को सोझो सेटमा पराजित गरे । 

सिंगल्समा सान्तोषले संयोग कपालीलाई १२-१०, ११-६, ८-११ र ११-७ को सेटमा हराए । अर्को सिंगल्समा भ्रिसिनले विपुललाई ११-६, ९-११, ११-४ र ११- ९ ले पाखा लगाए ।


महिला टिम इभेन्टमा भने मंगलबार नेपाल प्रहरीले कान्तिपुर भ्याली पिङपोङ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै स्वर्ण जितेको थियो ।