एएफसी

एन्फा अध्यक्ष नेम्वाङ एएफसीको कार्यसमिती सदस्यमा निर्वाचित

फाइल तस्बिर

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ एसियाली फुटबल महासंघ (एएफसी) को कार्यसमिती सदस्यमा निर्वाचित भएका छन् ।

बहराइनमा बुधबार भएको एएफसीको ३३ औं चुनावी कंग्रेसबाट पंकज कार्यसमिती सदस्यमा निर्वाचित भएका हुन् ।

पंकज साउथ जोनबाट चार वर्षे कार्यकालका लागि कार्यसमिती सदस्य निर्वाचित भएका हुन् । पंकज सन् २०२७ सम्म सदस्यका रूपमा  रहने  छन् ।

साउथ जोनबार्ट माल्दिभ्सका बसम अदेल जालील पनि कार्यसमिती सदस्यमा निर्वाचित भएका छन् ।

यसैगरी शेख सलमान विन अब्राहिम अल खालिफा एएफसीको अध्यक्षमा पुनः  निर्वाचित भएका छन् ।

बहराइनका शेख सलमान चार वर्षे नयाँ कार्यकालका लागि निर्वाचित भएका हुन् । शेख सलमान सन् २०२७ सम्म एएफसी अध्यक्षका रूपमा  रहने छन् ।

शेख सलमान तेस्रो कार्यकालका लागि एएफसीको अध्यक्ष निर्वाचित भएका हुन् ।