क्रिकेट

मिथिला कपमा फुलबारी र सिरहा विजयी

काठमाडौं । कलैया क्रिकेट क्लब बारा सप्तरीको राजविराज जारी चौंथो संस्करणको मिथिला कप टि २० क्रिकेट प्रतियोगितामा फुलबारी क्रिकेट क्लब, सुनसरी र सिरहा क्रिकेट क्लब, सिरहा विजयी भएका छन्।

मंगलबार बिस्नुपुर स्थित महेन्द्र विन्देश्वरी मल्टिपल कलेज टियु मैदानमा सम्पन्न दिनको पहिलो खेलमा फुलबारी क्रिकेट क्लबले होराइजन क्रिकेट क्लबलाई  १० रनले पराजित गरेको हो ।  

फुलबारीले प्रस्तुत गरेको एक सय १० रनको लक्ष्य पछ्याएको होराइजनले निर्धारित १५ ओभरमा  नाै  विकेट  गुमाएर ९९ रन मात्र बनाउन सक्यो। होराइजनका लागि लभ कामतले २४, श्रवन यादवले १८ तथा कुनाल दंगालले १६ रन बनाए। 

फुलबारीका बलर आशिष मण्डलले चार, शिवम यादवले  दुई  तथा अमिर तिम्सिनाले एक  विकेट लिए।

यसअघि टस हारेर ब्याटिंग गरेको फुलबारीले निर्धारित  १५ ओभरमा नौ  विकेट गुमाउँदै  एक सय नौ रनको योगफल तयार पारेको थियो ।  फुलबारीका लागि  लागि रबिन मण्डलले २५, शिवम यादवले १९, सुमन गहतराजले  १६ तथा विवेक मेहताले १४  रन बनाए। 
 

होराइजनका बलर श्रवन यादव र दिपक जोशीले समान तीन विकेट लिए।

दिनको दोश्रो खेलमा सिरहा क्रिकेट क्लब, सिरहाले राजविराज ब्रदर्श, राजविराजलाई पाँच विकेटले पराजित गरेको हो।

राजविराज ब्रदर्शले प्रस्तुत गरेको एक सय ३१ रनको लक्ष्य सिरहा क्रिकेट क्लबले १७.१ ओभरमा पाँच विकेट गुमाउँदै  भेट्टायो। सिरहाका लागि रुपेश सिंहले २३ बलमा  ६ छक्का र दुई चौका मद्दतमा अविजित ५६ रन बनाए । सैलेन्द्र शाहले २१, राकेश कामतले १९ तथा दिपेश दासले १३ रन जोडे ।  

राजविराजका लागि चित्र विष्टले तीन तथा गजेन्द्र बोहराले दुई विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ राजेको  राजविराज ब्रदर्शले  निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ३० रनको योगफल तयार पारेको थियो ।  

राजविराजका लागि  लागि  दिलिप नाथले ३९ बलमा ५ चौका र २ छक्का  मद्दतमा ५१ रन बनाए ।  राहुल बिकले ३० तथा निरज यादवले १५ रन जोडे।

सिरहाका बलर रुपेश सिंहले चार तथा अभिशेख तिवारी र तर्पेश्वर मुखियाले समान एक  विकेट लिए।


युवा शक्ति क्लबद्वारा आयोजित नक आउट प्रतियोगितामा १६ टोली सहभागि छन्। प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ।