विद्यालय खेलकुद

एक्सेल्सियर कप बिहिबार देखि हुने

काठमाडौं । द एक्सेल्सियर स्कुलको आयोजनामा नवौं एक्सेल्सियर कप बिहिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा बास्केटबल र फुटबलमा प्रतिस्पर्धा हुने एक्सेल्सियरका संस्थापक निर्देशक राम बस्नेतले बुधबार आयोजित पत्रकार सम्मेलन जानकारी दिए ।

फाइभ ए साइड फर्म्याटमा हुने फुटबलको ब्वाइज यु-१२ मा १४ तथा यु-१६ मा १६ टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् ।

बास्केटबलतर्फ सिनियर ब्वाइज र  गर्ल्समा समान १३ टोली सहभागि छन् ।  खेल लिग कम नकआउट पद्धतिमा हुनेछ ।

संस्थापक निर्देशक बस्नेतले कोरोना भाइरसका कारण रोकिएको प्रतियोगितालाई निरन्तरता दिनुका साथै विद्यार्थीको चौतर्फी विकासका लागि विद्यालयले एक्सेल्सियर कपको सुरुआत गरेको बताए ।

एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकले आठ दिनसम्म हुने प्रतियोगिता सञ्चालन गर्न करिब आठ लाख रुपैयाँ खर्च हुने जानकारी दिए । खेलहरु स्वयम्भूस्थित आयोजक विद्यलयको खेल मैदानमा हुने छन्  ।