सोलिडारिटी कार्यक्रम

हक्कीको डिएनएसएस लेभल टु कोर्स सम्पन्न

काठमाडौँ । ओलम्पिक सोलिडारिटीअन्तर्गत हक्कीको डेभलपमेन्ट अफ नेसनल स्पोर्टस सिस्टम (डिएनएसएस) लेभल टु कोर्स प्रशिक्षण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

नेपाल हक्की संघले नेपाल ओलम्पिक कमिटी (एनओसी) को सिफरिसमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीअन्तर्गतको ओलम्पिक सोलिडारिटी कार्यक्रममा हक्कीका तीन प्रशिक्षण कार्यक्रमको आयोजना गरेको थियो ।  

एसिया हक्कीको प्राविधिक सहयोगमा गत मंगलबारबाट सुरु भएको कार्यक्रममा पाकिस्तानका जाहिद अलीले प्रशिक्षण दिएका थिए ।   प्रशिक्षणमा ३० जना सहभागी थिए । 

यसअघि, गत असारमा ओलम्पिक सोलिडारिटीको सहयोग र अन्तर्राष्ट्रिय हक्की महासंघको प्राविधिक सहयोगमा संघले ३३ जना प्रशिक्षक सहभागी डिएनएसएस लेभल वान कोर्स सम्पन्न गरेको थियो ।

गत कात्तिकमा विदेशबाट निर्णायक झिकाउनुपर्ने बाध्यतालाई कम गर्न ३८ जनालाई एफआइएजए एएचएफ नेपाल अम्पायरिङ कोर्सको आयोजना पनि गरिएको थियो ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले समापन कार्यक्रममा ७० वर्ष पुरानो नेपाल हक्की संघ विगतमा खासै सक्रिय नभएपनि हाल हक्कीको विकास र प्रवद्र्धनमा संघले राम्रो कार्य गरिरहेको मध्यनजर गरी ओलम्पिक कमिटीले हक्की संघलाई यो ओलम्पिक सोलिडारिडी कार्यक्रम सिफारिस गरेको बताए ।

यसैगरी नेपाल हक्की संघका अध्यक्ष अनिल शर्माले ओलम्पिक सोलिडारिटीअन्तर्गतका तीनै कार्यक्रम प्रभावकारी भएको र यस कार्यक्रमबाट उत्पादन भएका दक्ष जनशक्तिसँग मिलेर नेपाली हकीको विकास र प्रवद्र्धनमा काम गर्ने प्रतिक्रिया दिए ।

संघले घरेलु हक्कीको विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै पूर्वप्रमुख प्रशिक्षक अशोक पाण्डेलाई सम्मान पनि गरेको छ । संघले मंगलबार वार्षिक क्यालेन्डर पनि सार्वजनिक गरेको छ । जसअनुरुप डिएनएसएस लेभल टु प्रशिक्षक प्रशिक्षणबाहेक अन्य सात हकी प्रतियोगिता पनि सामेल छन् ।