एनएसआरए एनिभर्सरी कप स्क्वास

एनएसआरए एनिभर्सरी कप स्क्वासः अरहन्त, अमिर र दीपक सेमिफाइलनमा

काठमाडौँ । नेपालका शीर्ष वरीयता प्राप्त खेलाडी अरहन्तकेशर सिंह, अमिर ब्लोन र दीपक थापाले एनएसआरए एनिभर्सरी कप स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष एकलको सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।

अरहन्तले मंलबार गोपाल थापालाई ११-०, ११-९, ११-२ को सोझो सेटमा  हराए । होङझाउ एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरेका अमिरले राजेन्द्र शाक्यलाई ११-५, ११-६, ९-११, १२-१० तथा दीपकले ऋषभ चुरिवाललाई ११-६, ११-७ र ११-४ ले स्तब्ध बनाए ।

अर्को खेलमा छविलाल पाइजा पुनले रोहन परियारलाई ११-६, ११-२, ११-५ ले हराएर क्वार्टरफाइनलमा स्थान पक्का गरे ।

यसैगरी मास्टर्स ५० वर्षमाथिमा प्रज्वल प्रधान, लालबहादुर गुरुङ र छविलाल विजयी भए। प्रज्वलले महेन्द्र वैद्यलाई १०-१२, ११-६, ११-६, ११-८, लालबहादुरले जितेन्द्र जोशीलाई १६-१४, ९-११, ११-८,  ११-७ तथा छविलालले इन्द्रबहादुर कार्कीलाई ११-६, ११-५,  ११-९ ले पराजित गरे।