एसिसी यु-१९ एसिया कप

एसिसी यु-१९ एसिया कपः नेपाल जितविहिन

काठमाडाैं । समूह चरणको अन्तिम खेलमा भारतसँग १० विकेटले विकेटले पराजित भएसँगै एसिसी यु-१९ एसिया कपमा जितविहिन बनेको छ ।

समूह ‘ए’ मा रहेको नेपालले समूह चरणका तीनवटै खेलमा पराजित ब्यहोरेको हो । यसअघि नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।

दोस्रो जित निकल्दै चार अंक जोडेको भारतले सेमिफाइनल सम्भावनालाई जिवितै राखेको छ। यसअघि भारतले अफगानिस्तानलाई ७ विकेटले हराउँदा पाकिस्तानसँग ८ विकेटको पराजय ब्यहोरेको थियो ।

दुबइको आइसिसी एकेडेमीको दोस्रो मैदानमा  मंगलबार नेपालले प्रस्तुत गरेको ५३ रनको झिनो लक्ष्य भारतले ७.१ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गर्यो ।

भारतका लागि अविजित रहेका अर्शिन कुलकर्नीले ३० बलमा ५ छक्का र १ चौकाको मद्दते ४३ र आदर्श सिंहले १३ बलमा दुई चौकाको मद्दतले १३ रन बनाए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २२.१ ओभरमा सबै विकेट गुमाउँदै ५२ रन मात्र बनाउन सेकेको थियो ।

नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि हेमन्त धामीले ८, अर्जुन कुमाल र दीपक बोहराले ७, आकाश चन्दले अविजित ४, गुल्सन झा र दीपेश कँडेलले ४, कप्तान देव खनाल सवास भण्डारीले २ र दीपक बोहराले १ रन बनाए । उत्तम थापा मगर र दीपक डुम्रेले रनको खाता पनि खोल्न सकेनन् ।

भारतका लागि राज लाम्बिनीले ९.१ ओभरमा १३ रन खर्चिदै ७ विकेट लिए । यसैगरी आरध्य शुक्लाले २ र अर्शिन कुलकर्नीले १ विकेट लिए ।