नेत्रहिन क्रिकेट

नेत्रहिन क्रिकेटः नेपालको लगातार दोस्रो हार

फाइल फोटो

काठमाडाैं । घरेलु टोली भारतविरुद्धको नेत्रहिन महिला ट्वान्टी २० शृखंलाको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । मुम्बाईमा मंगबार सम्पन्न खेलमा नेपाल ४ रनल पराजित भएको हो । नेपालले पहिलो खेल ८ रनले गुमाएको थियो ।

भारतले प्रस्तुत गरेको १ सय ५० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरेपनि ६ विकेट गुमाउँदै १ सय ४५ रन मात्र बनाउन सक्यो । नेपालका लागि विनिता पुनले ४७ बलमा ३ चौकाको मद्दतले सर्वाधिक ५६ रनको योगदान गरिन् । विमला राईले २६, सरिता घिमिरेले १६ र मुना अर्यालले १० रन बनाए ।

तेस्रो विकेटका लागि विनिता र विमलाले ७२ रनको साझेदारी गरे । भारतका लागि भारतका लागि फुला सरेन र झिली बिरुआले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४९ रनको योगफल तयार पारेको थियो । मागुपल्लु सत्यवतीले ४०, रभानीले अविजित २४, फुला सरेनले २१, सिमु दासले १८ र सुस्मा पाटिलले १७ रन बनाए ।

तेस्रो विकेटका लागि मागपल्लु र फुलो ४८ रनको साझेदारी गरे । नेपालका लागि मुना अर्यालले २ विकेट लिइन् ।

जितसँगै भारतले पाँच खेलको शृखंलामा २-० को अग्रता लिएको छ । शृखंलाको तेस्रो खेल बुधबार हुनेछ ।