साबा महिला बास्केटबल

कस्तो रह्यो साबा महिला च्याम्पियनसिप ?

नेपाली राष्ट्रिय महिला बास्केटबल टिम फेरि एक पटक साबा महिला च्याम्पियनसिपको उपविजेतामै समेटिएको छ ।

पहिलो खेलमा माल्दिभ्ससँग ५१-४७ अंकले पराजित हुँदै प्रतियोगिताको सुरु गरेको नेपालले दोस्रो खेलमा प्रमुख प्रतिद्वन्द्वी श्रीलंकाविरुद्ध ५५-४९ को जित निकाल्यो । तेस्रो खेलमा भुटानलाई ६५-२६ ले पराजित गरे पनि हेड टू हेडमा श्रीलंकासँग पछाडि पर्दा नेपाल उपविजेतामै सीमित भयो ।

करिब तीन वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि कोर्टमा उत्रिएको नेपाली महिला टिमबाट रजत पदकको पनि आस थिएन भन्दा फरक पर्दैन । सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) पछि नेपाली महिला टिमले अन्तर्राष्ट्रिय खेल नै खेलेको थिएन ।

त्यतिबेला फाइनलमा भारतसँग पराजित हुँदा नेपालले रजत पदक जितेको थियो । सदिना श्रेष्ठको कप्तानीमा रहेको सोही टिमका ८ खेलाडी यसपालि पनि टिममा समावेश थिए । छोटो समयको तयारी र अन्तर्राष्ट्रिय खेलको अभावमा नेपालले भारत र बंगलादशेको अनुपस्थितिमा पनि स्वर्ण जित्न सकेन ।

‘हामीले श्रीलंकालाई नै प्रमुख प्रतिद्वन्द्वी मानेको हो । र, राम्रोसँग हराइयो पनि...तर दुईटै खेलमा (माल्दिभ्स र श्रीलंका)सँग अन्तिम समयमा भएको अग्रता जोगाउन नसक्नु दुभाग्य भयो,’

पहिलो खेलमा घरेलु टिम माल्दिभ्ससँग ५१-४७ को नतिजामा पराजित हुनु नै नेपाललाई उपविजेतामा सीमित राख्ने कारण बन्यो । माल्दिभ्ससँग नेपालले अन्तिम क्वारटरमा तीन मिनेट बाँकी रहँदासम्म ७ अंकको अग्रता बनाएको थियो । तर, अन्तिम समयमा सम्हालिन नसक्दा पराजित हुनुपरेको हो ।

नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा पनि अन्तिम समयमा सम्हालिन नसक्दा स्वर्ण पदक गुमाउनुपरेको बताउँछन् ।

‘हामीले श्रीलंकालाई नै प्रमुख प्रतिद्वन्द्वी मानेको हो । र, राम्रोसँग हराइयो पनि...तर दुईटै खेलमा (माल्दिभ्स र श्रीलंका)सँग अन्तिम समयमा भएको अग्रता जोगाउन नसक्नु दुभाग्य भयो,’ महासचिव थापाले भने, ‘माल्दिभ्ससँग हारिसकेपछि श्रीलंकासँग पनि १२ अंकको अग्रता थियो । त्यो कायम गरेर जितेको भए हामी स्वर्ण पदक जित्थ्यौं ।’

दक्षिण एसियामा भारतको स्तर धेरै माथि भएकाले नेपालको लक्ष्य माल्दिभ्स र श्रीलंकालाई हराउने रहेको उनले बताए ।

‘दक्षिण एसिया रिजनमा भारत आयो भने स्वर्ण उसकै हो । हामीले दोस्रो स्थानका लागि खेल्ने हो, तर, यसपालि भारत नेसनल गेममा व्यस्त भएर नाम फिर्ता लियो । त्यसैले श्रीलंकालाई हरायौं भने जित्न सक्छौं भन्ने थियो,’ महासचिव थापाले भने ।

पछिल्लो तीन वर्षमा एउटा राष्ट्रिय प्रतियोगिता खेलाएर यति धेरै अन्तरमा अन्तर्राष्ट्रिय खेलका लागि कोर्टमा उत्रिँदा स्वर्णको अपेक्षा गर्न मिल्छ ? भन्ने प्रश्नको जवाफमा महासचिव थापाले भने, ‘मिल्ने पनि भएन, समय पनि त्यस्तै भयो । तर, अन्य टिमले पनि खेलेका छैनन् । सबैको उस्तै हो । श्रीलंकाले चाहिँ कमनवेल्थ गेम खेलेको थियो ।’

‘ठ्याक्कै भन्नुपर्दा पछिल्लो तीनवर्षमा कुन टिम कस्तो छ ? भन्ने कसैलाई थाहा थिएन, किनभने तयारीका बारेमा जानकारी भए पनि प्रतियोगितावा मैत्रीपूर्ण खेल नखेली टिमको स्तर थाहा हुँदैन,’

यद्यपि, नेपाली टिमका प्रशिक्षक विकास शाहीले भने माल्दिभ्स पनि राम्रो तयारी गरेर आएको बताए ।

‘ठ्याक्कै भन्नुपर्दा पछिल्लो तीनवर्षमा कुन टिम कस्तो छ ? भन्ने कसैलाई थाहा थिएन, किनभने तयारीका बारेमा जानकारी भए पनि प्रतियोगितावा मैत्रीपूर्ण खेल नखेली टिमको स्तर थाहा हुँदैन,’ प्रशिक्षक शाहीले भने, ‘माल्दिभ्सको चाहिँ तयारी राम्रो थियो । यही प्रतियोगिताअगााडि थाइल्यान्ड भ्रमणमा गएर त्यहाँ मैत्रीपूर्ण खेलहरू खेलेको थियो । त्यसपछि बन्द प्रशिक्षणकै क्रममा भारत पुगेको माल्दिभ्सले त्यहाँ पनि केही मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसैले कठिन चुनौती अपेक्षित थियो ।’

यद्यपि, पहिलो पटक माल्दिभ्ससँग पराजित हुनुपर्दा चित्त दुखेको र त्यो अझै बाँकी रहेको उनी बताउँछन् ।

‘समग्रमा प्रतियोगिता राम्रै भयो । तर, माल्दिभ्ससँगको हारप्रति चित्तदुखाइ अझै छ । प्रतिस्पर्धात्मक खेल भएर पनि अन्तिममा सम्हालिन नसक्दा रिजल्टमै धक्का लाग्यो,’ उनले खेलाडीसँग भने, ‘श्रीलंकालाई मुख्य प्रतिद्वन्द्वी मानेका थियौं । र, श्रीलंकाजस्तो टिमसँग सजिलै जित्यौं । पहिलो पटक श्रीलंकालाई पराजित गर्यौं, यो सकारात्मक पक्ष हो ।’

खेलाडीहरूले पछिल्लो तीन वर्षमा राम्रोसँग खेल्न नै नपाएकाले पनि अपेक्षित नतिजा निकाल्न नसकेको उनले बताए । ‘हाम्रा खेलाडीहरूले राम्रोसँग खेल्नै पाएको थिएन । एउटा खेलाडी त भर्खरै एसइई दिएर खेल्न आएकी थिइन् ।  उसले यो स्तरको प्रतियोगिता कहिल्यै खेलेकी थिइनन्,’ प्रशिक्षक शाहीले भने ।

नेपालको प्रदर्शनमा खेलाडीको स्वास्थ्यले पनि प्रभाव परेको उनले बताए । ‘माल्दिभ्स आएर प्रतियोगिता पनि खेलेर सकिसक्यो, तर केही खेलाडी अझै पनि पूर्ण रूपमा ठीक छैनन्,’ उनी भन्छन् ।

बुधबार भएको अन्तिम खेलमा भुटानविरुद्ध भने टिममा भएका सबै खेलाडीलाई मौका दिने सोचमा रहेको र त्यहीअनुसार खेलाडी कोर्टमा उतारेको उनले बताए । ‘श्रीलंकासँग हेड टू हेडमा भुटानसँगको अंक महत्त्वपूर्ण हुँदैनथ्यो । त्यसैले जुनियर खेलाडीलाई मौका दिनुपर्छ भनेर त्यसैमा ध्यान दिएको हो । यसबाट बिरलै मौका पाउने खेलाडीले अन्तर्राष्ट्रिय एरिनामा देशको प्रतिनिधित्व गरेर उत्रिँदा कस्तो हुँदोरहेछ भन्ने अनुभव लिन पाऊन भनेर मैले सबै खेलाडीलाई मौका दिएँ ।’

नेपालको प्रदर्शनमा खेलाडीको स्वास्थ्यले पनि प्रभाव परेको उनले बताए । ‘माल्दिभ्स आएर प्रतियोगिता पनि खेलेर सकिसक्यो, तर केही खेलाडी अझै पनि पूर्ण रूपमा ठीक छैनन्,’ उनी भन्छन् । श्रीलंकाविरुद्ध खेल्दा नेपालले सधैं उचाइमा समस्या भोग्ने गरेको छ । त्यसैले पनि नयाँ खेलाडीले कस्तो खेल्ने हुन्... श्रीलंकाविरुद्धको खेल कस्तो हुने हो.. खेलाडीहरू आत्तिने पो हुन् कि ? यस्तै चिन्ता बोकेर माल्दिभ्स पुगेका थिए प्रशिक्षक शाही ।

‘तर, श्रीलंकासँग जुन प्रदर्शन गर्यौं, त्यसबाट एकदमै खुसी छु, म डराएजस्तो केही भएन,’ उनले सुनाए, ‘सबै खेलाडीले मौका पाए । माल्दिभ्ससँगको हारबाहेक अन्य सबै कुरा सकारात्मक नै रह्यो ।’