यु १७ टिम नेपाल

जुम्ल्याहा दाजुभाइको फुटबल सपना

दुई महिनाअघिसम्म लक्षु थापामगरका लागि फुटबल खेल्नकै लागि काठमाडौंसम्म आइपुग्नु नै एउटा सपनासरह थियो । कारण, न उनले कुनै प्रशिक्षण पाएका थिए न त कुनै एकेडेमीका उत्पादन नै थिए । स्थानीय मैदानमा हुने विद्यालयस्तरीय प्रतियोगिताबाट नै उनी आफ्नो फुटबल मोह पूरा गर्दथे ।

तनहुँ विमलनगर बन्दीपुर ४ का लक्षु आफ्नो दाइ राम थापामगरको साथ लागेर घरछेउकै  मैदानमा बिहान-बेलुका फुटबल हेर्न जान्थे । त्यहीं अरूले फुटबल खेलेको हेर्दाहेर्दै यी जुडुवा दाजुभाइमा पनि फुटबल खेल्ने मोह बस्यो ।

राम लेफ्ट डिफेन्सको रूपमा खेल्थे भने लक्षु मिडफिल्डर थिए । उनीहरूको फुटबल यात्रामा साहिल थापा सारथि बनेका थिए । जसले उनीहरूलाई लगातार खेल्ने अवसर मिलाइदिन्थे ।

स्थानीय पवित्र माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दादेखि नै उनीहरू पनि फुटबल खेल्न  थाले । विद्यालयस्तरमा फुटबल खेल्दा उनीहरूले बिरलै अवसर पाउँथे । तर त्यही थोरै अवसर पाउँदा पनि उनीहरूले आफ्नो क्षमता प्रमाणित गरेका थिए । जसका कारण स्थानीय क्लबहरूबाट दुवैले खेल्ने अवसर पाएका थिए ।

राम लेफ्ट डिफेन्सको रूपमा खेल्थे भने लक्षु मिडफिल्डर थिए । उनीहरूको फुटबल यात्रामा साहिल थापा सारथि बनेका थिए । जसले उनीहरूलाई लगातार खेल्ने अवसर मिलाइदिन्थे ।

‘हामी सेभेन ए साइड फुटबल खेल्थ्यौ, म सुरुआती दिनबाटै मिडफिल्डमा खेल्थें,’ लक्षुले सुनाए, ‘दाइहरूसँग खेल्दा कुनै दिन मोफसलकै प्रतियोगिता खेल्दै शीर्ष डिभिजनको क्लबबाट कम्तीमा ट्रायलको अवसर पाउँछु भन्ने आस राख्दै आएको थिएँ ।’

दुई महिनाअघि साहिलबाट नै साफ यू-१७ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले खुला छनोट राखेको जानकारी लक्षुले पाएका थिए ।

‘साफ यु-१७ च्याम्पियनसिपका लागि मैले अन्तिम टोलीमा स्थान बनाए पनि दाइले भने टोलीमा स्थान बनाउन सकेनन्,’ लक्षु सम्झन्छन्, ‘म छनोट भए भनेर आमाबुबालाई खबर गरें । तर दाइ छनोट भएनन् भन्ने सुनाउनुपर्दा नमज्जा लाग्यो ।’

उनले थपे, ‘साहिल दाइले नै हामी दाजुभाइका लागि एन्फा मुख्यालयमा हुने छनोटमा सहभागी हुन आउने वातावरण मिलाइदिनुभयो । उहाँले छनोट दौरान काठमाडौंमा खानपिन र बसोबासका साथै मैदानसम्म जाने व्यवस्था गरिदिनुभयो । म यहाँ आफ्नो क्षमता देखाउँदै ४ सय जनाबाट २३ सदस्यीय टोलीमा स्थान बनाउन सफल भएँ ।’

उनले टोलीमा स्थान बनाए पनि दाइ (राम) भने अन्तिम ३० बाट बाहिरिनुपर्यो । दाइ अन्तिम टोलीमा नपर्दा आफ्नो मन पनि खिन्न भएको लक्षुले बताए ।

‘साफ यु-१७ च्याम्पियनसिपका लागि मैले अन्तिम टोलीमा स्थान बनाए पनि दाइले भने टोलीमा स्थान बनाउन सकेनन्,’ लक्षु सम्झन्छन्, ‘म छनोट भए भनेर आमाबुबालाई खबर गरें । तर दाइ छनोट भएनन् भन्ने सुनाउनुपर्दा नमज्जा लाग्यो ।’

आफ्नो लागि क्षमता प्रमाणित गर्ने अवसर हो भन्दै आफूले मिहिनेत जारी राखेको उनले सुनाए ।

लक्षुले भने, ‘मैले श्रीलंकामा भएको प्रतियोगितामा आफ्नो क्षमताअनुसार प्रदर्शन गरेजस्तो लाग्छ । फाइनलमा नतिजा हाम्रो पक्षमा पार्न नसके पनि सर (प्रशिक्षक उर्जन श्रेष्ठ) ले ममाथि देखाउनुभएको विश्वास प्रमाणित गरे जस्तो लाग्छ ।’

नेपाली युवा टोलीले साफ यु-१७ च्याम्पियनसिपको चौथो प्रयासमा पनि उपाधि विजेताको छवि बनाउन सकेन । तर, यही प्रतियोगितमा नेपालले भारतसँग पहिलो जित निकाल्न सफल भयो । त्यो आफूहरूका लागि सुखद क्षण भएको स्मरण गर्छन् लक्षु ।

‘मैले पहिलो खेलमा भुटानविरुद्ध ७० मिनेटपछि वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेशको अवसर पाए‘,’ लक्षुले भने, ‘मेरो लागि त्यो नै विशेष क्षण थियो । अवसर पाउनेमा विश्वस्त थिएँ तर त्यसलाई प्रमाणित गर्न सक्छु वा सक्दिनँ भन्नेमा डराइरहेको थिएँ ।’

भुटानमाथि २-१ को जितसहित एक खेलअगावै नेपालले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाइसकेको थियो । खेलपछि उर्जन सरले राम्रो खेल्यौं भनेर आफूलाई भन्दा औधी खुसी लागेको लक्षुले सुनाए । उनले भने, ‘त्ससले मेरो मनोबल थप बढ्यो । भारतविरुद्ध समूह चरणको दोस्रो खेलमा मैले पहिलो रोजाइमै अवसर पाएँ, निर्धारित ९० मिनेट नै मैदानमा बिताएँ । हामी पुनरागमनमा ३-१ को जितसहित समूह विजेता बन्यौं ।’

समूह चरणमा लगातार दुई जित र सेमिफाइनलमा श्रीलंकामाथि ७-० को रवाफिलो जितपछि टोली उच्च मनोबलका साथ भारतविरुद्ध फाइनलमा उत्रिए पनि समूह चरणको नतिजा भने दोहो¥याउन नसक्दा लक्षुको मन पनि खिन्न भएको थियो ।

भारतमाथि यो प्रतियोगिताको सातौं संस्करणमा पहिलो जित निकालेको टोलीको सदस्य बन्न पाएकामा आफूलाई गर्व महसुस  भएको लक्षुले बताए ।

समूह चरणमा लगातार दुई जित र सेमिफाइनलमा श्रीलंकामाथि ७-० को रवाफिलो जितपछि टोली उच्च मनोबलका साथ भारतविरुद्ध फाइनलमा उत्रिए पनि समूह चरणको नतिजा भने दोहो¥याउन नसक्दा लक्षुको मन पनि खिन्न भएको थियो ।

‘हामीले पहिलो खेलबाटै प्रत्येक खेलको सुरुआती १५ मिनेटमै गोल निकाल्दै खेलेका थियौं,’ लक्षुले खेलबारे सुनाए, ‘त्यसले टोलीको जित सहज भएको थियो । तर भारतविरुद्धको फाइनलमा भने हामीले त्यो समयभित्र गोल गर्न सकेनौं । त्यसको दबाब टोलीमा प¥यो । लागातार दुई गोल खाएपछि दबाबमा परेका थियौं । त्यसमाथि कप्तान प्रशान्त लक्ष्यमले रातो कार्डको पाएपछि टोलीले थप दबाब बेहोर्यो । अन्ततः हामी सुनौलो उपलब्धि हासिल गर्ने अवसरबाट चुक्यौं ।’

लक्षु साफ च्याम्पियनसिपमा बटुलेको अनुभव भियतनाममा अक्टोबर ५ देखि हुने एएफसी यु-१७ एसियन कप छनोटमा समेत उपयोगी हुने बताउँछन् ।

‘श्रीलंकामा सम्पन्न साफ यु-१७ च्याम्पियनसिप मेरा लागि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो,’ उनले भने, ‘उपाधि जित्न नसके पनि त्यहाँ बटुलेको अनुभव भियतनाममा हुने एएफसी यु-१७ एसियन कप छनोट २०२३ का लागि निकै फलदायी हुनेमा विश्वस्त छु ।’

एएफसी यु-१७ एसियन कप छनोटका लागि घोषित २३ सदस्यीय टोलीमा लक्षुसँगै उनका दाइ रामले पनि स्थान बनाउन सफल भएका छन् ।

‘यसपालि दाइ (राम)ले पनि टोलीमा स्थान बनाएको छ,’ लक्षुले विश्वास पोखे, ‘हामी दुवै यस पटक आफ्नो क्षमताअनुसार प्रदर्शन गर्दै नेपाली टोलीको दोस्रो चरण लक्ष्यको पात्र बन्न चाहन्छौं । त्यहाँ गरेको प्रदर्शनकै आधारमा हाम्रो फुटबल भविष्य के हुन्छ भन्नेमा जानकार छौं । त्यसैले शतप्रतिशत मिहिनेत गर्दै आफ्नो क्षमता देखाउने छौं ।’

आफूले निरन्तर मिहिनेत गरेकै कारण एएफसी यु-१७ एसियन कप छनोटको घोषित २३ सदस्यीय टोलीमा स्थान बनाउन सकेको रामको बुझाइ छ ।

साफ यु-१७ टोलीको छनोटमा अन्तिम ३० सम्म स्थान बनाए पनि २३ सदस्यीय टोलीमा स्थान बनाउन नसकेका रामले लगातार मिहिनेत जारी राखेकै कारण एएफसी यु-१७ एसियन कप छनोटका लागि घोषित २३ सदस्यीय टोलीमा स्थान बनाउन सकेको बताए ।

‘साफ यु-१७ टोलीका लागि २३ सदस्यीय टोलीमा स्थान बनाउन सकिनँ । तर मैले टोलीमा स्थान बनाउन नसके पनि भाइ (लक्षु)ले टोलीमा स्थान बनाएको खुसी थिएँ,’ रामले भने, ‘भाइलाई आमाबुबासँगै घरमा बसेर टिभीमा देख्दा निकै खुसी लाग्यौं । फुटबल खेल्छौ भन्दा गाली गर्ने आमाबुबाले समेत अहिले यो खेलमा लाग्न प्रेरणा दिनुहुन्छ ।’

आफूले निरन्तर मिहिनेत गरेकै कारण एएफसी यु-१७ एसियन कप छनोटको घोषित २३ सदस्यीय टोलीमा स्थान बनाउन सकेको रामको बुझाइ छ ।


उनले अठोट जनाए, ‘टोलीमा अवसर पाउने र त्यसलाई प्रमाणित गर्नेमा आशावादी छु । यो मेरो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ ।’