काठमाडौं । रियाल मड्रिडले स्पेनिस ला लिगा अन्तर्गत आइतबार सम्पन्न एल क्लासिकोमा बार्सिलोनाविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गरेको छ ।
जितसँगै १० खेलमा २७ अंक जोडेको रियालले शीर्ष स्थानमा पाँच अंकको दूरी बनाएको छ । बार्सिलोना समान खेलबाट २२ अंकका साथ दोस्रो स्थानमा छ ।
स्यान्टियागो बर्नाबेउमा घरेलु टोली रियाललाई जित दिलाउन किलियन एमबाप्पे र जुड बेलिङघमले गोल गरे । बार्सिलोनाका लागि फिर्मिन लोपेजले गोल फर्काए ।
खेलको २२औं मिनेटमा एमबाप्पेको गोलमार्फत रियालले अग्रता लिएको थियो । ३८औं मिनेटमा लोपेजले बार्सिलोनालाई बराबरीमा ल्याए ।
पहिलो हाफको निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा बेलिङघमले गोल गरेपछि रियाल २१ ले अगाडि बढ्यो । यो नै खेलको निर्णायक गोल बन्यो ।
इन्जुरी समयमा पेड्रीले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।
