पाठशाला एसइइ कप

संस्कृति र ज्ञान टाइगर फाइनलमा

काठमाडौं ।संस्कृति र ज्ञान टाइगर पाठशाला कप एसइइ छात्र नकआउट बास्केटबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।

संस्कृतिले ह्वाइटफिल्डलाई २१–१७ ले पराजित गर्यो । संस्कृतिका सुशान्त अधिकारीले १० अंक योगदान गरे ।

पहिलो क्वार्टरमा २–६ ले पछि परेको संस्कृति दोश्रोमा २–२ को बराबरीमा रोकियो । तेश्रोमा ८–४ र चौथोमा ९–५ को अग्रता लिदै संस्कृतिले समग्रमा ४ अंकको जित हात पार्दै फाइनल यात्रा तय गर्यो ।

आदर्श कार्कीको १४ अंक सहयोगमा ज्ञान टाइगरले राजश्री गुरुकुललाई ४४–३४ ले हरायो । ज्ञान टाइगरले पहिलोमा १७–५ को अग्रता लियो भने दोश्रोमा १२–१३ को झीनो अन्तरले पछाडि पर्याे । ज्ञान टाइगरले तेश्रो क्वार्टरमा १३–६ को प्रदर्शन गर्यो । चौथोमा राजश्रीले १०–२ को अग्रता बनाएपनि जित हात पार्न सकेन ।

फाइनल आइतबार हुने छ । पहिलो हुनेले १५ हजार तथा दोश्रोले ८ हजार नगद पुरस्कार पाउने छन् ।