एक्सेल्सियर कप

एक्सेल्सियर कपः रेडिअन्ट पब्लिक सेमिफाइनलमा

काठमाडौं । रेडिअन्ट पब्लिक १० औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

स्वयम्भूस्थित आयोजक द एक्सेल्सियर स्कुलको कोर्टमा रेडिअन्टले एनआइसी एकेडेमीलाई ४८-२४ ले पराजित गर्यो । रेडिअन्टका रोहित चौधरीले २० अंक जोडे । सिनियर ब्वाइजमै ग्रिनफिल्डले स्वर्णिमलाई २६-१७ ले हरायो। ग्रिनफिल्डका अर्जुन बस्नेतले १० अंक जोडे ।

सेमिफाइनलमा ग्रिनफिल्डले जेनिथ तथा रेडिअन्टले पुष्पसदनको सामना गर्नेछन् ।

सिनियर गर्ल्समा रिब्सले रेडिअन्ट पब्लिकलाई १३-११ तथा संस्कृतिले स्वर्णिमलाई १८-८ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । रिब्सकी सुप्रिया मल्लले ४ तथा संस्कृतिकी एन्जल शाहीले ८ स्कोर गरे । सेमिफाइनल रिब्स र आयोजक एक्सेल्सियर तथा संस्कृति र काष्ठमण्डपबीच हुनेछ ।

ब्वाइज फुटसल


ब्वाइज फुटसलको यु-१२ मा बृहस्पति विद्या सदनले सेक्रेड हार्टलाई १-०, द चाँदबागले एलआरआइलाई ४-०, रेडिअन्ट पब्लिकले रिब्सलाई १-० तथा मोर्डन इन्डियन स्कुलले किड्स लर्निङलाई टाइब्रेकरमा ३–२ ले पराजित गरी सेमिफाइनल यात्रा तय गरे ।

यु-१३ मा रेडिअन्ट पब्लिकले निसर्ग वाटिकालाई २-०, निर्भाना एकेडेमीले चाँदबागलाई ३-०, काष्ठमण्डपले सेक्रेड हार्टलाई ४-० र बृहस्पतिले न्यु एरालाई ३-० ले हराउदै सेमिफाइनलमा स्थान बनाए ।

यु-१६ मा ग्रिनफिल्डले चेल्सी वर्ल्ड स्कुललाई ५-१, काष्ठमण्डपले एक्सेल्सियर ‘पहेलो’ लाई ६-०, न्यु एराले संस्कृतिलाई ४-१ र एक्सेल्सियर ‘रातो’ ले निसर्ग वाटिकालाई ४-१ ले स्तब्ध बनाउँदै सेमिफाइनलमा स्थान पक्का गरे ।