पुस २७, २०८२ सोमबार | ०८:२३:१३
श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी रियाललाई हराउँदै सुपर कपको उपाधि बार्सिलोनाले जित्यो एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा एनआरटीले एपिएफसँग खेल्यो बराबरी ट्वान्टी-२० विश्वकप छनोटः अभ्यास खेलमा नेपालले अमेरिकालाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपः फाइनल चरणको छनोटका लागि ३५ खेलाडी छानिए एन्फा महासचिव राई प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा उदयपुरबाट सिफारिस पाकिस्तानलाई अवसर, दबाबमा श्रीलंका स्पेनिस सुपर कपको फाइनल आज श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी रियाललाई हराउँदै सुपर कपको उपाधि बार्सिलोनाले जित्यो एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा एनआरटीले एपिएफसँग खेल्यो बराबरी ट्वान्टी-२० विश्वकप छनोटः अभ्यास खेलमा नेपालले अमेरिकालाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपः फाइनल चरणको छनोटका लागि ३५ खेलाडी छानिए एन्फा महासचिव राई प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा उदयपुरबाट सिफारिस पाकिस्तानलाई अवसर, दबाबमा श्रीलंका स्पेनिस सुपर कपको फाइनल आज

पुलिस टिम च्याम्पियन, विप्लव र मिस्लीको ह्याट्रिक

काठमाडौं । नेपाल पुलिस क्लब तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । सातदोबाटोमस्थिति कराते हलमा शनिबार सम्पन्न प्रतियोगितामा पुलिस १० स्वर्ण तथा समान ३ रजत र कांस्य पदक जित्यो  ।

प्रतियोगितामा महिलातर्फ रमिता माझी र पुरुषतर्फ सुदूरपश्चिमका कमल ओली सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले समान २५ हजार रुपैयाँ प्राप्त गरे । महिलातर्फ निरुपा दोङ र पुरुषतर्फ साहिल नेपाली उदीयमान खेलाडी चुनिए ।

यस्तै प्रतियोगिताको तीनै संस्करणमा स्वर्ण पदक जितेका विप्लवलाल श्रेष्ठले सुपरस्टार खेलाडीको उपाधिसहित ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । त्रिभुवन आर्मी क्लबकी मिस्ली श्रेष्ठले पनि जितको ह्याट्रिक गर्न सफल भइन् ।

पुलिस च्याम्पियन बन्दा अर्को विभागिय टोली एपिएफ ३ स्वर्ण तथा समान ५ रजत र कांस्य पदक जित्दै दोस्रो भयो । बागमती प्रदेश २ स्वर्ण १ रजत र ६ कास्य पदकका साथ तेस्रो भयो । चौथो स्थानको आर्मीले १ स्वर्ण तथा समान ४ रजत र कांस्य तथा पाँचौं स्थानको सुदूरपश्चिम प्रदेश को १ स्वर्ण, १ रजत र ४ कास्य पदक जिते ।

मधेश प्रदेश १ रजत र ६ कास्य जित्दै छैटौं , कोशी प्रदेश १ रजत र ४ कांस्य पदक जित्दै सातौं, १ रजत र २ कांस्य पदकका साथ लुम्बिनी प्रदेश आठौं र १ कांस्य पदकका साथ गण्डकी प्रदेश नवौं स्थानमा रह्यो । कर्णाली प्रदेश भने पदक विहिन रह्यो ।

अन्तिम दिन पुलिसलाई २ स्वर्ण

प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन पुलिसले २ स्वर्ण पदक जितेको थियो । सुदूरपश्चिम र आर्मीले समान १ स्वर्ण पदक जिते ।

पुलिसका विप्लवलाल श्रेष्ठ ८४ केजी माथिको तौल समूहमा स्वर्ण पदक जितेका थिए । प्रतियोगिताको समेत अन्तिम खेलमा शनिबार फाइनलमा सुदूरपश्चिमका लोकश कार्की १२-४ को फुल स्कोरमा हराउँदै विप्लवलाल पहिलो भएका थिए ।

विप्लवलाल नेपाल खेलकुद पत्रकार मन्चले माघ २८ गते आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस अवार्डको मनोनयमा समेत छन् । सो समूहमा एपिएफ तेन्जिङ शेर्पा र मधेश विवश गौतमले कांस्य पदक प्राप्त गरे । त्यसअघि सेमिफाइनलमा एपिएफ तेन्जिङ शेर्पा र लोकेशले मधेश विवश गौतमलाई हराएका थिए । सेमिफाइनल फाइनल अघि विप्लवलालले २ फाइट जितेका थिए ।

त्यसअघि कुमुते महिला ५० केजी तौल समूहको फाइनलमा आर्मीकी मिस्ली श्रेष्ठले स्वर्ण पदक जितेकी थिइन् । आर्मीका लागि पहिलो स्वर्ण पदक जित्ने क्रममा मिस्लीले एपिएफकी सोनु श्रेष्ठलाई हराएकी हुन् । सोनु फाइनलमा मेडिकल्ली डिस्क्वालिफाइ हुनुअघि ५-१ ले पछाडि थिइन। सो समूहमा नेपाल पुलिस क्लबकी सविना श्रेष्ठ र मधेश प्रदेशकी बबिता इस्मालीले कांस्य पदक प्राप्त गरे । सेमिफाइनलमा मिस्लीले सविना र सोनुले बबितालाई हराएकी थिइन् ।

त्यसअघि सुदूरपश्चिम प्रदेशका लागि कमल ओलीले पहिलो स्वर्ण पदक जितेका थिए । कुमुते पुरुष ७५ केजीमा फाइनलमा बागमती प्रदेशका साहिल नेपाली ५–४ स्कोरले हराउँदै कमलले स्वर्ण पदक जितेका हुन्। त्यो‌ तौल‌ समूहमा प्रदेशका खेलाडीले‌ मात्र पदक जितेका छन् ।

विभागीय टोली पुलिस क्लबका‌ खेलाडी पहिलो चरणमा तथा नेपाल एपिएफ क्लब र आर्मीका खेलाडी क्वाटरफाइनलमा पराजित भएका थिए । समूहमा मधेश प्रदेशका करणकुमार महतो र कोशी प्रदेशका रुरिहाङ दुमी कांस्य पदक प्राप्त गरे । त्यसअघि कमलले रुरिहाङ र‌ साहिलले करणलाई हराएका थिए ।

त्यसअघि आज चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता पुलिसकी एरिका गुरुङले तेस्रो स्वर्ण पदक‌ जितेकी‌ थिइन् । असोजमा सम्पन्न एसियाडपछि पहिलो प्रतियोगिता खेलेकी एरिकाले कुमुते महिला ६८ केजीमाथिको तौल समूहमा एपिएफकी विनिता श्रेष्ठलाई‌ ७-१ ले हराउँदै पहिलो स्थान हासिल गरेको‌ थिइन् । प्रतियोगितामा पुलिसको त्यो नवौं स्वर्ण पदक हो ।

सो समूहमा मधेश प्रदेशकी पोरिना शाही ठकुरी र बागमतीकी कलाहाङ लिम्बुले कास्य पदक प्राप्त गरे । त्यसअघि सेमिफाइनलमा एरिकाले कलाहाङ र विनिताले पोरिकालाई हराउँदै फाइनल यात्रा तय गरेकी थिइन् । चोटका कारण एरिकाले साफ कराते च्याम्पियनसीपमा भाग लिएकी थिइनन् । विप्लवलाल र मिस्लीले प्रतियोगितामा ह्याट्कि गरेका छन् ।

करातेको‌ राष्ट्रिय टोलीको प्रारम्भिक छनोटका‌ रूपमा रहेको‌ प्रतियोगिताको‌ आयोजना‌ जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलले गरेको हो । बागमती प्रदेशका प्रदेश सांसद मीनकृष्ण महर्जनले परिकल्पना गरेको प्रतियोगितालाई गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल कराते महासंघको तत्वावधान एवं प्राविधिक सहयोग गरेको छ ।

प्रतियोगिताको च्याम्पियन हुने टोली पुलिसले ट्रफी सहित १ लाख र दोस्रो एपिएफले ५० हजार रुपैयाँ प्राप्त गर्यो । माघ १८ गते देखि सन्चालन भएको प्रतियोगितामा ७ प्रदेश र ३ विभागका खेलाडी कुमुते र काता गरि १७ इभेन्टमा प्रतिस्पर्धा गरेकी थिइन् ।

 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||