जेष्ठ ११, २०८२ शनिबार | २१:३३:१२
एसियाली मिक्स बक्सिङ शुक्रबारदेखि हुने रामे मगरको टोलीले जित्यो प्रो-एमको उपाधि पुलिसविरुद्ध गण्डकी सोझो सेटमा विजयी साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण नेपालमा हुने सुशीलकुमार शाहीलाई वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि एसियाली एथलेटिक्स च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी शुभमन गिल भारतीय टेस्ट टोलीको नयाँ कप्तान न्यु डायमन्डको पुनरागमन जित एपिएफ र पुलिस लगातार दोस्रो खेलमा विजयी फ्रेन्ड्सले मनायो ५३औं वार्षिकउत्सव एसियाली मिक्स बक्सिङ शुक्रबारदेखि हुने रामे मगरको टोलीले जित्यो प्रो-एमको उपाधि पुलिसविरुद्ध गण्डकी सोझो सेटमा विजयी साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण नेपालमा हुने सुशीलकुमार शाहीलाई वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि एसियाली एथलेटिक्स च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी शुभमन गिल भारतीय टेस्ट टोलीको नयाँ कप्तान न्यु डायमन्डको पुनरागमन जित एपिएफ र पुलिस लगातार दोस्रो खेलमा विजयी फ्रेन्ड्सले मनायो ५३औं वार्षिकउत्सव

सम्झना कप टेबल टेनिसः वंश च्याम्पियन

सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिसको सिंगल्स विजेता मुनमुन कुन्डु (बायाँ) र वंश सिंघाल

काठमाडौं । होप्स टेबल टेनिस एकेडेमीका वंश सिंघालले छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा शनिबार स्वर्ण जितेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा वंशले आफ्नै क्लबका कृष्ण थापामगरलाई ११-७, ११-४, ११-८ को सोझो सेटमा पराजित गरे । महिला सिंगल्सको उपाधि पनि होप्सकै मुनमुन कुन्डुले जितेकी थिइन् ।

सम्झना ल्याबोरेटरी क्लिनिकको मुख्य प्रायोजन तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा ललितपुर टेबल टेनिस क्लबद्वारा आयोजित प्रतियोगितामा ९ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा धरान एन्ड टिस्टा टोर्सा टेबल टेनिस एकेडेमीकी पूर्व राष्ट्रिय च्याम्पियन गीता थापामगर, पुरुष ४० वर्षमाथि काष्ठमण्डप टेबल टेनिस एकेडेमीका चन्दन शाही र पुरुष ५५ वर्षमाथि भेडासिंह टेबलटेनिस क्लबका राजन सुब्बाले स्वर्ण जितेका थिए ।

यु-१६ सिंगल्सको ब्वाइजमा धरानका श्रीराज वर्दान सिंह तथा गर्ल्समा धरानकै श्रेया धर च्याम्पियन बनेका थिए । श्रीराज र श्रेया प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि घोषित भए । टिम इभेन्टको पुरुषमा होप्स तथा महिलामा चीनको लान्फाङ टेबल टेनिस क्लबले स्वर्ण हात पारेका थियो ।

पुरुष/ महिला सिंगल्स र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १० हजार रुपौयाँ प्राप्त गरे । बाँकी स्पर्धामा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार जिते । कुल नगद पुरस्कार राशी ५ लाख ८० हजार रुपैयाँ थियो ।

कान्तिपुर पिङ पोङ क्लबका रिजन शाक्य र पमिला जोशी, काष्ठमण्डपका सम्भवराज वन्त, नवविहानी टेबलटेनिस क्लबका रिभानमुणि वज्राचार्य, आर्या समितिकी मनाली चन्दा, ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लबकी शुभश्री घिमिरे तथा भिन्तुना बचत तथा ऋण सहकारी लिमिटेडकी उरवी सुवाल उदीयमान खेलाडी चुनिए ।

विजेतालाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य, आयोजक ललितपुर टेबल टेनिस क्लबका अध्यक्ष उर्दीप जोशी, मुख्य प्रायोजक सम्झनाकी निर्देशक रजना जोशीलगायतले पुरस्कृत गरे ।

समापनका अवसरमा टेबलटेनिसको मुख्य प्रशिक्षक नियुक्त भएकोमा राजेन्द्र कपालीलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

पाँच दिने प्रतियोगितामा ३ सय ९० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालबाट ३ सय ६४, भारतबाट २४ र चीनबाट २ (महिला मात्र) खेलाडी सहभागी थिए ।


भिडियो
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL