माघ १९, २०८२ सोमबार | ०४:५८:४३
अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

ओलम्पिकका लागि पेरिसमा अभ्यास गर्दै स्यान्टुः फोटो फिचर

पेरिस, फ्रान्स । विश्व खेलकुदको महाकुम्भ ओलम्पिकको ३३औं संस्करणका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)का २०६ सदस्य राष्ट्रका हजारौं खेलाडी अहिले फ्रान्सको राजधानी पेरिसमा आइसकेका छन् । कतिपय आउने क्रममा छन् ।

३३औं गृष्मकालिन ओलम्पिकमा नेपालबाट पनि ६ खेलका सात खेलाडीले सहभागिता जनाउँदैछन् । 

ओलम्पिकमा नेपाली झण्डा बोक्ने तयारीमा रहेकामध्ये अधिकांश खेलाडी पेरिस आइसकेका छन् भने केही आउने क्रममा छन् ।

छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडीको इतिहास बनाएका टेबलटेनिसका स्यान्टु श्रेष्ठ सोमबार पेरिस आइपुगेका छन् । 

स्यान्टु नेपालमा गत जेठको सुरुमा भएको दक्षिण एसियाली खेलकुदमा सफलता प्राप्त गरेपछि थप तयारीका लागि अस्ट्रेलिया गएका थिए ।

पछिल्लो दुई वर्षदेखि अस्ट्रेलियामै बसोबास गर्दै आएका स्यान्टुले त्यहीँको तयारीबाट ओलम्पिकमा छनोट हुने ऐतिहासिक सफलता प्राप्त गरेका थिए । 

स्यान्टु नेपालबाट तेक्वान्दोकी संगीना वैद्य र दीपक बिष्टपछि ओलम्पिकलाई छनोट हुने तेस्रो नेपाली हुन् ।

अस्ट्रेलियाबाट सोझै पेरिस आएका स्यान्टुले यहाँ प्रतियोगिता हुने स्थानमै अभ्यास थालिसकेका छन् । 

यसैक्रममा बिहीबार स्यान्टुले पेरिसमा झण्डै दुई घण्टा अभ्यास गरे । 


उनका प्रशिक्षक राजेन्द्र कपालीका अनुसार अभ्यास राम्रो भएको छ । यहीँ गरिएको अभ्यासले प्रतियोगितालाई सहयोग मिल्ने प्रशिक्षक कपालीको विश्वास छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।